भिर्दा कहिल्यै थाक्ने छैन जिन्दगीको ब्याग
आजैबाट निकाल्दिएँ ‘छोरी’ भन्ने ट्याग ॥
छोराछोरी बराबरी उड्छन् फुरुफुरु
समाजमा हिँड्छन् डुल्छन् पढ्छन् खुरुखुरु ॥
सुखी जीवन, उच्च विचार सोचाई हुन्छ यस्तो
अँधेरीमा चहकिलो जुनै लागे जस्तो ॥
लालसामा हिँड्ने छैनौँ भन्छे छोरी जहिले
घरको हिरो बन्नु पर्छ भन्छन् बाबा कहिले ॥
लप्पन् छप्पन् केही छैन, पढ्न आउनी, जानी
साहसी छन् छोराछोरी राम्रो छ नि बानी ॥
लालसामा हिँडाइदिन्छन्, विचार गर्नु छोरी
कठ्पुतली बनाइदेलान्, भनेँ मुखै फोरी ॥
फोहोरमा डुबिरहने, डङ्गुर होइनौ तिमी
सजाउनलाई राखिएको अङ्गुर हौइनौ तिमी ।।
अत्याचार सहनु हुन्न सीमा नाघुन्जेल
स्वाभिमानी सधैँ बन तिमी बाँचुन्जेल ॥
आफ्नो-आफ्नो अधिकार सुरक्षित गर
रस्पान गर्ने बजारको नपर्नु है भर ॥
पोखरा-८, सिमलचौर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 




