शास्त्रका हरेक कथामा
जब पूर्वजन्म र पुनर्जन्मको कुरा आउँछ
तब तब देखिन्छ
लिङ्ग परिवर्तन भएन

पूर्वजन्ममा पुरुष रहेका
पुनर्जन्ममा पनि पुरुष नै रहे
पूर्वजन्ममा महिला रहेका
पुनर्जन्ममा महिला नै रहे
कहीँकतै श्रापले ठाउँ पाउँदा
लिङ्ग परिवर्तन भए पनि
अर्को पुनर्जन्ममा पुनः
आफ्नै लिंगमा आए
यो भेदले
गरुड पुराण तथा शास्त्रमा
प्रश्नचिन्ह उब्जाउला
किन भन्ने प्रश्नले
जबकि चौरासी लाख जन्ममा
पुरुष पुरुष
र महिला महिला नै हुने भए ?