शास्त्रमा
ब्राह्मणको काम
पितृ वर्गको हत्या लेखेको छ
मोक्ष गति दिलाएर
नयाँ सृष्टि खोज्ने मौका
त्यसैले श्राद्ध गरिन्छन्
पितृले मोक्ष गति पाउनु
उनीहरूको हत्या नै हो
प्रसंग बदलौँ,
मन्त्रोच्चरणबाट
भगवानसँग सम्पर्क खोज्ने
ब्राह्मणको कामलाई
टुप्पीले आधुनिक सम्पर्क साधनको टावरको संज्ञा दियो
प्रसंग बदलौँ
श्राद्ध लगाइन्छन्
हरेक साल
पितृको मोक्ष गतिको लागि
शायद भगवानसँग टुप्पीमार्फत
सम्पर्क हुने भए
मन्त्रोच्चारणको धन्दामा
कमी आउने थियो
किनकि मोक्ष गति पाएपछि
पुन: श्राद्ध आवश्यक छैन
र समाजमा देखिन्थ्यो
धार्मिक क्रान्ति ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला