कठिन छ गन्तव्य तर
आफ्नो धैर्य गुमाउनु हुँदैन
पथ भ्रमित हुनु हुँदैन
तिमीले चाल्ने पाइलाहरू
गन्तव्यसम्म अवश्य पुग्ने छ
देखेर तिम्रो कर्म
भाग्यले पनि सपना बुन्ने छ
काँडाले जसले आज
अवरुद्ध गर्दै छ बाटो
फूल बनेर भोलि उही
तिमीमाथि गर्व गर्ने छ
यात्री तिमी एक्लो छौ
थकित कहिल्यै नहुनु
बाटो बिराएर भ्रममा
कहिल्यै नपर्नु
भाग्यले पनि साथ दिन्छ
कुरा सुन्नु विद्वानको
हातको रेखा परिवर्तन हुन्छ
मिहिनेत र कर्म गर्ने मानिसको
सूर्य जस्तो तेज बन्नु
राख्नु शव्दमा विनम्रता
समतामूलक काम गर्नु
राख्नु आफूमा धैर्यता
मृत्यु धारण गर्नु तर
कहिल्यै रुनु हुँदैन
पथ भ्रमित हुनु हुँदैन
कहिलेकाहीँ अवस्था
अनौठो हुनसक्छ
जीवनको बाटोमा
केही समय व्यतीत गर्नु
छाप्रोको छाँयामा
जब तिमीलाई थाहा हुने छ
जीवन एक युद्ध हो
सास चलुन्जेल मात्रै शुद्ध हो
जबसम्म गन्तव्यसम्म पुगिँदैन
तबसम्म सुत्नु हुँदैन
पथ भ्रमित हुनु हुँदैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।