हे मान्छेहरुरू हो
दुनियाँलाई साँचो, झुठो, सत्य-असत्यको
पाठ सिकाउनुभन्दा पहिला
ऐनाअगाडि उभिएर आफ्नो अनुहार हेर्दै
आफ्नो अन्तरआत्माभित्र चिहाउने कोसिस गर
अनि आफैँभित्र गहिरिएर आफूलाई सोध
कतै तिमी अरुको चेसको गोटी त बनेका छैनौ
कतै तिमी अरुको हातबाट नियन्त्रित
रिमोट कन्ट्रोलको खेलभित्रको
महाखेलमा नाचिरहेका त छैनौँ !
ख़बरदार !
मान्छेहरू हो
आफ्नो स्वाभिमानलाई बचाएर
आफ्नो स्वविवेक प्रयोग गर्दै जीवन
बाँच्न सिकौँ
नाम, मान, प्रतिष्ठाको प्रलोभनमा आफ्नो
आत्मालाई बजारमा किनबेचको
सामान नबनाऔँ
साम, दाम, दण्ड भेद अपनाएर सोझा
साझा मान्छेको
मान, प्रतिष्ठालाई गला हत्याउने कोसिस
पनि नगरौँ !
मान-सम्मान मान्छेले जीवनमा आर्जन
गर्ने सम्पत्ति हो
न त यो मागेर पाइन्छ
न त बजारमा किन्न
नै पाइन्छ !
होसियार !
मान्छेहरू हो
बिनासित्ती अरुको बुई चढेर सिँढी चढ्न
पनि नखोजौँ
काँधमा राख्छु भनेर वाचा गर्नेहरूले भूईंमा
थचार्न सक्छन्
मेहनती कमिलाझैँ उकालो चढ्दा बार-बार
झर्नु परे पनि आफ्नै बलबुतामा सफलताको सिंढी चढ्ने
कोसिस गरौँ
सफलताको चुचुरो चढ्न गाह्रो छ
अप्ठ्यारो छ
तर हामीभित्र रहेको
आँट, जोश, जाँगर, सम्यमता र लगनले
सबै कुरा सम्भव छ ! तर असम्भव भन्ने केही छैन
पटक्कै छँदै छैन !
सबै कुरा सम्भव छ ! तर असम्भव भन्ने केही छैन
पटक्कै छँदै छैन !
सुन्दरीजल, काठमाडौँ
हालः न्युयोर्क, युएसए



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 







