भाेजपुर

फूलहरूले तिमीलाई चुम्न नपाउँदै
ती फुलहरूले
सुरक्षाकाे महसुस गर्न सकून्
छाँयाहरूले तिमीलाई ओझेलमा नपार्दै
कुहिराेले ढाकाेस्
ढकमक्क फुलेकाे फूलझैँ घामलाई

अमृतझैँ तिम्रा वाणीहरूले
धर्तिलाई उज्यालाे बनाओस्
जसरी हिमालकाे सुन्दरतालाई
हिउँले फूलझैँ बनाउँछ
ठीक त्यसैगरी
तिम्राे सुन्दरताकाे
बयान गर्न पाऊँ

तर, मेराे देशमा
माैसमी कीराजस्तै निस्केका
राजनीतिकाे झुण्डहरूले देशलाई
गिध्दले सिनाे लुछेझैँ गरी
सत्ताकाे ललिपपमा लुछिरहेका छन्
जसरी ब्वाँसाेकाे जमातले
घेराबन्दीमा पारेर
अरूकाे हत्या गर्छन्
ठीक त्यसैगरी देशकाे अस्मिता लुट्ने छन् यहाँ

विचारमा झुण्ड, विवेकमा झुण्ड
काम गराईमा झुण्ड
हरेक झुण्ड, झुण्डकाे देश
जातकाे झुण्ड, राष्ट्रियताकाे झुण्ड
बाेलाईमा झुण्ड, लेखाईमा झुण्ड
झुण्डझुण्डकाे बीचमा
अडिएकाे मेराे देशलाई बचाउन
चाहिएकाे छ एउटा पगरी
जसले मेराे देशलाई
एउटै मालामा उन्न सकाेस्

हाे आज त्यही पगरीकाे खाेजीमा छ मेराे देश
जहाँ फूलले पगरीकाे
फेरहरूलाई सम्मान गर्न सकाेस्
तिनै फेरमा अडिएका नाैजवानहरूले
भन्न सकून् याे मेराे देश हाे
भन्न सकून् सगरमाथाजस्तै शिर बनाई
म नेपाली हुँ ।