आमा ! तिम्रो यादमा जुनेली रात पनि औँसीको अन्धकार रातझैँ लाग्छ
तिमीले गर्ने माया सम्झिरहदा यो टन्टलापुर दिन पनि वर्षाझँै लाग्छ
तिमी बिना आमा हरेक दिन म छट्पटाउछु
मनले व्यथा बिसाउनी खोज्छ
कयौँ रात केवल तिम्रै नाम कल्पिएर बित्छ
आउने हरेक चाडपर्व बिरंगामा बित्छ
अरू जन्म दिनमा रमाउछन्
म आफुले आफैँलाई याद भुलाउँछु अनि
मन मस्तिष्कले तिम्रै तस्बिर खिच्छ
त्यसैले त आमा
तिमी बिना म पानी विनाको माछी झँै भएको छु

तिम्रो देह त्यो हरियो बाँसमा चढाएर घाटमा
पुर्याए सँगै
चिता जलेर खरानी अनि धूवाँ बनेर उडे सँगै
कति सपनाहरू चिता संगै जले मेरा
कति भाह्विह्ल भए आमा
चितासँगै जलेका र जलाएका मेरा अनगिन्ती सपनाहरू
बाथरुमसँगै सिरानीमा आएनन् कहिल्यै खडेरीका दिनहरू
आमा मलाई एक्लै बनाएर किन गयौ टाढा ?
माया लागेन छोरी को ?

आमा !
बालाखैमा मैले गरेको कुन गल्तीको सजाय दियौ हँ ?
मलाई एकलै छाडेर गयौ हँ ?
तिम्री प्यारी छोरी हैन म ?
तिम्रै हात समाएर हिँड्थे हैन म ?
के माया लागेन मेरो ?
मलाई जस्तै तिमीलाई यो सानी छोरीको
छाया आउँदैन आमा

देख्छौ नि है ? हरेक रात म तड्पिएको
दया लागेन मेरो
म माथि हुने व्यवहार माथि बसेर
हेरेकी छौ नि है ?
केही गर्दैनौ मलाई सम्हाल्न ?
ममता जाग्दैन तिम्रो आमा
कुन गल्तीको सजाय दियौ आमा
किन छाडी गयौ आमा ?
माथ भारी हुँदा अड्याउने बिसौनी भेटिनँ आमा
खुट्टा थाकिसक्यो जाने गन्तव्य भेटिन आमा
बाटो देखाउने तिमीले किन हात छाड्यौ आमा
बालाखैमा साथ किन छाड्यौ आमा
फुल्न नपाई ममता बिहीन किन बनायौ आमा
मासुम अनुहार नौनी जस्तै यो दिल
मेरो मुटु किन तोड्यौ आमा
मलाई किन छाड्यौ आमा
किन एक्लै छाड्यौ आमा ।