मैले गीत लेखिनँ म हारेको इतिहासको
मैले प्रीत लेखिनँ म सहेको उपहासको।

मैले हारेको इतिहासमा सुनाखरी फुल्दै होला
मैले सहेको उपहासमा मैनाचरी झुल्दै होला ।
मैले लेखिनँ कथा मेरो अलिखित इतिहासको
आफ्नो जीवन आफैँलाई पीडा दिने परिहास भो ।

शिलालेखमा खोपिँदैन हार्नेको गीतिकथा
स्मृतिमा बाँचेको छैन जिन्दगीको कथा-व्यथा ।
बिर्सिदिनु कसै गरी म हारेको इतिहासको,
नलेखियोस् मेरो कथा तिरस्कार र उपहासको !
नलेखियोस् मेरो कथा अपमान र उपहासको !