बाधा हटेर जान्छन् जानेछ शत्रु जल्दै
ढल्केछ आयु मेरो पोथ्राहरू छिमल्दै
हुन्नन् सदैव साथी यात्रा छ आज आफ्नो
माया र प्रेम साँची जाँदैछु रङ्ग दल्दै
देखेर देश सारा लेखेर काव्यधारा
बढ्दा चल्यो सुनामी हिँड्दै रहेँ म छल्दै
मान्छे हजार हुन्छन् अर्ती दिएर जान्छन्
कैँची लिएर बढ्छन् यात्रा सधैँ हुँडल्दै
आँखा उघार साथी बाटो नछाड आफ्नो
फैलिन्छ रे उज्यालो जाने छ रात ढल्दै



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ फाल्गुन २०८२, शनिबार 










