बिर्सन खोज्छु तिमीलाई, मान्दैन यो मन।
तिमीबाहेक अरूलाई, छान्दैन यो मन।
जिन्दगी चोटहरू सँगालेर उनेको माला हो,
कसैलाई पनि धोका दिन, जान्दैन यो मन।
खुसी भएर बाँच्ने तिम्रा, रहरलाई सम्मान छ,
दोष अन्तै दिई वचनको तीर, हान्दैन यो मन।
हरेक पल विरहमा आफैँ, जलिरहेको हुन्छु,
लाखौँमा एक छौ, अरूसँग, दाँज्दैन यो मन।
भाग्यले तिम्रो हुन दिएन, कसैगरी यो जुनीमा
खुलस्त छ, निर्दोष छ, कसैले, बाँध्दैन यो मन।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 










