जानी नजानी
झण्डा धेरै बोकायौ
देश बोक्नुछ


दुःखमा छोडे
म तिम्रै हु भन्नेले
कस्को विश्वास


हिमाल रुँदा
सहस्त्र धारा आँशू
हरिया फाँट


कस्तो समय ?
तरवार फाल्ने नै
दरबारमा


हामी नै उस्तै
तितेपाती रोपेर
सुन्तला खोज्ने


पानीको रङ
जसले सक्यो उस्कै
जोकर तास


पखेटा उम्रे
छिचिमिराहरूको
जीवन अन्त


पुरातत्वको
खोजविन भए पो
अत्तो न पत्तो


रगत चल्ने
दलित या ब्राह्मण
अछुत किन ?

१०
धन देखेसी
तेस्रो नेत्र खुल्छरे
शिवको पनि ।