आफ्नै देशको बाटो तिर सर्न पाइनँ
पसिनाले माटोमा रङ्ग भर्न पाइनँ
कला, साहित्य, संस्कृति हाम्रै हुन् नेपाली
मानस अनि सुनकोश हुँदै तर्न पाइनँ
कुलाघङ्गी, जोमलरी पुग्ने बाटो खनेँ
उकाली र ओह्राली त्यो झर्न पाइनँ
अझै पनि छन मेरा पाखुरामा ताजा)२ रगत
सपनाको देशबाट आफ्नै देश फिर्न पाइनँ
गर्छु मर्छु देशको लागि सधैँ सलामी चढाउँछु
हामी नैजवान भई राष्ट्रमा पहरेदारी गर्न पाइनँ
अब के देश? के राष्ट्र ? अनि के प्रिया जनता ?
देशकै लागि छाती पिटी पिटी मर्न पाइनँ ।
अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
४ चैत्र २०८२, बुधबार 










