सजिरहेको शहरमा उसले बिम्ब देखेन
पर्खिरहेको रहरमा उसले डिम्ब भेटेन
सुसाइड नोट लेख्दै, नदी रोकियो तटमा
फुलिरहेको जहरमा, उसले विलम्ब गरेन
आफ्नाले आफ्नैलाई, लुट्ने नीति हो यो
समयकै नजरमा, उसले कुटुम्ब भनेन
नराख सम्बन्ध, जोख्दै तौलने शीरफुलको
करेसाकै बगरमा, उसले निलम्ब सहेन ।
साल्पासिलिछो, भोजपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१३ कार्तिक २०८२, बिहीबार 










