साहित्यको सबैभन्दा लोकप्रिय, सर्वपाठ्य, रुचिकर विधा कथा हो । यस विधाले जीवन र जगत्लाई सूक्ष्म रूपमा चित्राङ्कन गर्दछ । कथाकारले जीवन र जगत्‌को भाव र वस्तुयथार्थ आत्मसात गरी आफ्नो कल्पना पनि मिसाई पाठकलाई पस्केर दिन्छन् । यो लचिलो विधा पनि हो जसलाई जसरी भए पनि प्रस्तुत गर्न सकिन्छ । कथा वास्तवमा जीवनको महत्त्वपूर्ण घटनाको अनुवादित रूप हो । कथा छोटो विधा हो जो स्वयंमा पूर्ण हुन्छ औ यसको आफ्नो स्वरूप हुन्छ ।

हरिप्रसाद गोर्खा राई उत्तर-पूर्वीय भारतका प्रथम आधुनिक नेपाली कथाकारका रूपमा देखा पर्छन् । उनले आफ्ना कथाहरू लेख्न थाल्दा नेपाली साहित्यमा नै रोमान्टिसिजम् र आदर्शवादी प्रवृत्ति रहेकाले उनले पनि यिनै प्रवृत्तिलाई अँगालेको पाइन्छ । खासगरी उनको मूल कथा प्रवृत्ति रोमान्टिसिजम् वा स्वच्छन्दतावाद हो । उनको स्वच्छन्दतावाद विशेषगरी आत्माभिव्यञ्जना, प्रकृति चित्रण, अतीत प्रेम, पलायन, प्रेमको प्राधान्य, सौन्दर्य चेतना जस्ता कुराहरू परिलक्षित छन् । उनका प्रत्येक कथाहरूको मूलमा प्रेम तत्त्व रहेको देखिन्छ । प्रायः कथामा पात्र-पात्राहरू प्रेमबाट असफल भई घाइते सिपाही जस्ता देखिन्छन् । गोर्खा राईका कथाहरू थोरै छन् ।

उनको एउटै कथास‌ङ्ग्रह ‘यहाँ बदनाम हुन्छ’ हो । पछिबाट यसमा सङ्ग्रहित र अन्य असङ्ग्रहित नौ वटा गरी जम्मा तेइसवटा कथालाई लिएर दार्जीलिङको साझा पुस्तक प्रकाशनले आफ्नो ‘ओझेलमा परेका कथाकार’ नामक प्रकाशन श्रृङ्खलाअन्तर्गत ‘हरिप्रसाद गोर्खा राईका कथाहरू’ नामक पुस्तक प्रकाशित गरेको छ । सन् २००१ मा डा. जीवन नामदङको सम्पादनमा प्रकाशित उक्त सङ्ग्रहले गोर्खा राईका जम्मै कथाहरूलाई सङ्ग्रहित गरेर नेपाली साहित्येतिहासमा चासो राख्नेहरूलाई ठूलो गुण लाएको छ ।

हरिप्रसाद गोर्खा राईका कथाहरू मैनाली र रूपनारायण सिंहबाट निकै प्रभावित देखिन्छन् भने दार्जीलिङका शिवकुमार राईका कथासित पनि नजिक छन् । यद्यपि शिवकुमार राईको कथा बुनोटको निपुणता र भाषागत प्राञ्जलता भने गोर्खा राईका कथामा पाइन्न । उनी आफैले आफ्नो कथागत शैली र पथलाई हाँकेका छन् । ग्रामीण जनजीवनका सुख-दुःख, उकाली ओराली, प्रेम-पिरतीका सफलता-विफलता आदि कुरा शिवकुमार राईसित केही मात्रामा मिल्दछ । उनका कथामा नेपाली समाजका विभिन्न वर्गका पात्रहरू प्रयोग गरिएका हुन्छन् । ती पात्रहरू अधिकांश निम्न र निम्नमध्यम वर्गका मानिसहरूलाई पात्रका रूपमा उभ्याइएको हुन्छ । अझ विशेषगरी असम प्रान्ततिर विभिन्न शहर-गाउँतिर बसोबासो गर्ने नेपाली जनसमुदायको चित्रण पाइन्छन् । उनका केही कथाको पात्र सैनिक छन् । सैनिक भई देश सेवा गरे तापनि व्यक्तिगत जीवनमा भने दुर्भाग्यको शिकार हुन्छन् । गोर्खाको मोडेल, नेपाली साहित्य चक्रमा सुनेका तीन कथा, मोडी, दिनान्तका एक जोर पंक्षी, यहाँ बदनाम हुन्छ, दिवंगत दमयन्ती, मन भित्रभित्रै, वैरागी आश्रम जस्ता कथाहरूमा सैनिक पात्रहरू छन् ।

सैनिक मात्र होइनन्, उनका प्रायः पात्रहरू हतभागी छन् । बेरोजगारीको मारमा परी बाध्यतावश आफ्नो गाउँ-घर छोडेर रोजगारीको खोजीमा टाढा-टाढा गई दुःख पाएको, प्रेममा असफल भएका, इच्छा-आकाङ्क्षा नपुगी मृत्युको मुखमा पुगेका पात्रहरू पाइन्छन् । कथा शिल्पको दृष्टिले उनका कथाहरू घटनाप्रधान भए तापनि पात्रलाई जीवन रूपमा प्रस्तुत गरेका छन् । प्रेमबाट विफल भई उनका पात्रहरू छटपटी, पीडाले ग्रसित छन् । यस्तै गरी पहिलो र दोस्रो विश्वयुद्धले ल्याएको सामाजिक दुष्प्रभाव, सिपाहीहरूको आन्तरिक   ८४   मनोव्यथा, विकृतिहरूलाई दर्शाएका छन् ।

विशेषगरी असम वा पूर्वाञ्चल प्रान्ततिर नेपाली जातिको राजनैतिक असुरक्षा, त्यहाँ आदिवासी र नेपालीहरूको सम्बन्धमा आएको उतार-चढाउ, गरीबीबाट सताइएका नेपालीहरूको शारीरिक, मानसिक पीडा आदिलाई उनले पाठकसामु प्रस्तुत गरेका छन् । स्त्री र पुरुष बीचको आकर्षण नैसर्गिक रहेको हुन्छ । यही नैसर्गिक र स्वाभाविक कुरालाई उनले आफ्ना कथामा प्रस्तुत गरेका छन् ।  गोर्खा राईका कथाहरूको रुचि क्षेत्र ग्रामीण समाजका जनजीवनका यावत कुरा हुन् । नेपाली समाज र व्यक्तिमनको प्रतिविम्बन नै उनका कथागत प्रस्तुति हुन । सामाजिक समस्या र-मानसिक समस्या नै उनका कथागत सन्धान हुन् । सामाजिक समस्यालाई विषयवस्तु बनाएर लेखिएका गोर्खा राईका कथाहरूमा ‘भ्रान्त रक्ताक्त विहङ्गम’, ‘नेपाली साहित्य चक्रमा सुनेका तीन कथा’, ‘मोडी’, ‘व्याङ्क पास बुक’, ‘दिनान्तका एक जोर पक्षी’, ‘यहाँ बदनाम नी-हुन्छ’, ‘दिवङ्गता दमयन्ती’, ‘एकपति वा बहुपति’, ‘कमाने केटी’, ‘मन भित्रभित्रै’ प्रमुख रूपमा रहेका छन् ।

यी कथाहरूमा नरनारीका प्रेम विभिन्न सामाजिक कारणवश विखण्डित भएका छन् । धार्मिक विकृति र पाखण्डलाई देखाउने कथा ‘वैरागी आश्रम’ हो । यसमा तथाकथित साधु-सन्त, वैरागी बाबाहरूका अतीत भने आपराधिक र विकृत हुनसक्छ भन्ने देखाइएको छ । गरीबीको समस्यालाई लिएर लेखिएका मुख्य कथाहरूमा नेपाली साहित्यचक्रमा सुनेका तीन कथा, कमाने केटो हुन् । त्यस्तै गरी राजनैतिक समस्यालाई लिएर लेखिएका कथाहरूमा ‘गोर्खाको मोडेल’ र ‘मेरो एउटा नागाहुकी’ प्रमुख हुन् । यी कथाहरूमा भारतमा नेपाली जातिको समुचित राजनैतिक अधिकार नभएको; स्थानीय आदिवासी र नेपाली जनसमुदायबिचको परम्परागत सम्बन्ध कहिलेकाहीँ धमिलिन पुगेको तथ्य प्रस्तुत भएको छ ।

गोर्खा राई सरल प्रवृत्तिका कथाकार हुन् । उनी रोमान्टिक कथाकार त हुँदै हुन् यद्यपि उनको प्रस्तुति नै यथार्थवादी नै छ । असम पूर्वाञ्चलका विभिन्न समस्याबाट कथाकार राई अवगत हुनाले त्यसलाई कथात्मक प्रस्तुति दिएका छन् । त्यहाँका नेपाली मानिसहरूका दुःख, पीडा, मर्कालाई कथामा स्वर दिएका छन् । निम्नवर्गलाई विशेष महत्त्व दिएकाले उनी यथार्थवादी कथाकार पनि बनेका छन् ।

गोर्खा राईको ‘गोर्खाको मोडेल’ एउटा उत्कृष्ट कथा हो । यसमा संक्रमणकालीन भारतमा नेपाली जातिको राजनैतिक अस्तित्वबारे चिन्तन गरिएको छ । देशसेवामा समर्पित भए पनि सरकारले हामीलाई खासै राजनैतिक अधिकार दिएको छैन । हामी छरिएर बसेका छौं तर हाम्रो राजनैतिक हक र स्वशासनको व्यवस्था कतै अधिकार दिएको छैन भन्ने विचार प्रस्तुत कथामा व्यक्त गरिएको छ । त्यस्तै गरी ‘मेरो एउटा नागाहुकी’ कथामा नेपाली र नागाहरूका बिचको सम्बन्ध र विद्रोही नागाहरूको हामीप्रतिको मनोभाव प्रस्तुत गरिएको छ । त्यहाँका नागा जाति र नेपाली जातिबिच युगौदेखि सुमधुर सम्पर्क रहेको कुरा नागा पात्र ताख्खेबाट व्यक्त गरिएको छ । परम्परागत अनौठो भेषभूषा लगाउने बूढो पात्र ताख्खेले नागा र नेपाली जातिबिच सम्बन्ध सेतूको काम गर्दछ तर त्यहाँको राजनैतिक परिवर्तनले ल्याएको युवावर्गमा विद्रोह र राष्ट्रवादी-अलगाववादी चेतना पसेकाले त्यहाँका नेपालीहरू असुरक्षित बन्न पुगेको तथ्य प्रस्तुत छ ।

अर्को कथा ‘कमाने केटो’ मा सम्पन्न परिवारको युवक डाक्टर राममणि प्रधानको एउटी साधारण घरानाकी युवती सिरीमायासँगको असफल प्रेमको चित्रण पाइन्छ । प्रेमले उँच-नीच, धनी-गरीब केही छुट्याउँदैन भन्ने सार-सन्देश पाइन्छ । ‘भ्रान्त रक्ताक्त विहङ्गम’ कथाचाहिँ स्वच्छन्दतावादी छ । यसमा मदन भन्ने एउटा पुरुष पात्रको एउटा मणिपुरको आतङ्कवादीको रूपमा र अर्को त्यहींकै प्रतिष्ठित चिकित्सकको गरी दुई वटा रूपको वर्णन छ । प्रेमिकाको आग्रह र मार्गनिर्देशनमा उसको जीवनको परिदृश्य नै परिवर्तित भइदिन्छ । ती दुई प्रेमी-प्रेमिकाको प्रेम चाहिँ असफल हुन्छ । मदनले एउटी धनाढ्य बंगाली परिवारकी कन्यालाई बिहे गर्दा उसको आर्थिक समृद्धि त प्राप्त हुन्छ तर दाम्पत्य जीवन चाहिँ सुखद हुँदैन । ती दुई दम्पतीबीच जातिगत विभेद देखा पर्दछ । मदनलाई डाक्टर देखाइनु र मानु भन्ने नेपाली कन्या जोरहाट कलेजकी लेक्चरर देखाइनुमा तत्कालीक यथार्थता नहोला । तत्कालीन नेपाली समाज त्यति अघि बढेको प्रतीत हुँदैन तर यस्तो देखाइनुमा कथाकारको दृष्टिकोण, दूरदृष्टि, चाहना र अनुकल्पना हो ।

कथाको संरचना र बुनोटका पक्षमा भने राईका कथामा केही कमी-कमजोरी पाइन्छन् । कुनै कथा त एकजना दक्ष कथाकारको नभई सिकारु कथाकारको प्रतीत हुन्छ । उनको कथागत कमजोरीमा कथानक-योजनाको कमजोरी देखापर्दछ । घटनाहरू जबर्जस्ती घुसाइएका, कथानक योजनामा कार्यकारण श्रृङ्खलाको राम्ररी निर्वाह नगरी लेखिएका छन् । उनका अधिकांश कथाका पात्रहरू प्रायः उस्तै उस्तै गुण भएका लाग्छन् । अझ कतिमा एउटै पात्रले दुई-चारवटा कथामा व्यावहारिक निर्वाह गरेजस्तो लाग्छ । मदन नामको पात्र जम्मा पाँचवटा कथामा पाइन्छ । सबैमा उस्तै भूमिका र गुणको निर्वाह गरेको छ । कतिपय कथाका पात्र गरिएको छ । कठपुतली जस्ता भएका छन् । पात्रहरू आफ्नो स्तरभन्दा उच्च भाषामा बोल्दछन् । बिचको सदर अतिभावुकता पनि उनको कथागत पात्रहरूको कमजोरी हो ।

गोर्खा राईका कथाको कथानकीय ढाँचा रैखिक र वृत्ताकारीय दुवै किसिमको ब्याङ्क पासबुक, कमाने केटी आदि कथाहरू रैखिक ढाँचाका रहेका छन् भने गर्दछ तर यो नेपाली साहित्य चक्रमा सुनेका तीन कथा, मोडी, दिनान्तका एक जोर पक्षी, यहाँ बदनाम हुन्छ, दिवाङ्गता दमयन्ती, मन भित्रभित्रै आदि कथामा वृत्ताकारीय ढाँचा पाइन्छ । दिनान्तका एक जोर पक्षी कथामा त दुई वटा कविता पनि समाविष्ट छन् । कथामा प्रशस्त मात्रामा अङ्ग्रेजी शब्दको प्रयोग पाइन्छ । यद्यपि उनका कथागत भाषा मानक नै देखिन्छ ।