साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

प्रेतकल्प : यस्तो झ्याल जसबाट चारै दिशा देखिन्छ

Chovar Blues Mobile Size

पुस्तकको पुर्वाद्धमा कथा पुरै राजनीतिक जालो हो कि जस्तो लाग्छ तर पढ्दै गर्दा कथाका पत्रहरु खुल्दै जान्छन् । अनि थाहा हुन्छ, उपन्यासको कथा राणाकालिन समयका आममानिसहरुको भोगाइ हो ।

पढेर गाउँ फर्किएको एक युवाले फेरिएको समयसँगै आफ्नो ज्ञानलाई प्रयोग गर्न खोज्दा आइपर्ने पारिवारिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अफ्ठ्यारो र द्वन्दको कथा हो यो ।
पुस्तकले उ बेलाको कथा भनेर इतिहास मात्रै बोल्दैन, बरु तपाईलाई त्यो समयमा बाँधेर अहिलेको समयका पनि कुरीति र विकृति हेराउँछ । हिन्दु दर्शनका ‘पुराणवादी’ र ‘वेदवादी’हरुको वैचारिक लडाइ र त्यसले पारेको समाजिक असरका बारेमा पनि ज्ञान दिन्छ ।

समग्रमा, नेपाली समाजका चारै दिशा नेपाली इतिहास, परम्परा, हिन्दु धर्म, नेपाली राजनीतिका बारेमा जानकारी पाउँन उपयोगी हुनेछ ।

किताब – प्रेतकल्प (उपन्यास)
लेखक- नारायण ढकाल
विधा- आख्यान
मूल्य- ४२५/

प्रतिक्रिया
Loading...