परिच्छेद २१
हावा चल्न छोडेको थियो र बारुदका धूवाँमिश्चित काला बादलका टुक्राहरू क्षितिजको युद्धमैदानमाथि मडारिइरहेका थिए । साँझ पर्दै थियो । त्यसैले दुई ठाउँमा दन्किएको आगोको लप्का स्पष्टसँग देखिन थालेको थियो । तोपहरूका गर्जन कम हुँदै गइरहेका थिए तर पछाडि र दाहिने दुवैतिरबाट गोलीहरू चलेको आवाज लगातार र झन् नजिकनजिक सुनिँदै थियो । तुसिनले जसै आफ्ना तोपगाडीलाई घाइतेहरूको वरिपरि घुमाउँदै र उनीहरूको नजिकबाट छिराउँदै दुस्मनका तोपका गोलाबारीको सीमाबाहिर निकालेर ल्यायो र खाल्डोमा उत्रियो, उसको सामु स्टाफ अफिसर र कार्यरथी अफिसर देखिए, जहाँ जेरकोभ पनि सम्मिलित थियो, जसलाई दुई पटक तुसिनको तोपखानासम्म पठाइएको भए तापनि ऊ एक पटक पनि त्यहाँ पुगेको थिएन । एउटाले अर्कोलाई हस्तक्षेप गर्दै सबैले उसलाई आदेश दिन्थे र आफ्नो आफ्नो आदेशको आफै आफैले परिच्छेद गर्दै यस्तो भन्थे कि उसले कसको आदेश मानेर कसरी र कहाँ जानु पर्ने हो । उनीहरू उसलाई दोष लगाउँदै हप्कीदप्की पनि गर्थे । तुसिन बिचरा तोपखानाको टटूटु घोडामा बसेर चुपचाप लागेर पछिपछि आइरहेको थियो । उसलाई केही बोल्न पनि दुर लाग्थ्यो । किन हो कुन्नि ! मुखबाट एक शब्द निस्क्यो भने उसलाई रोऊँरोउँजस्तो । हुन्थ्यो । हुन त घाइतेहरूलाई ठाउँको ठाउँमै छोडिदिने आदेश दिइएको थियो, त्यस्तो भए तापनि घाइतेहरूमध्ये धेरैजसो लत्रिँदै-घसँदै सेनाका पछिपछि आइरहेका थिए र उनीहरूले । तोपगाडीमा बस्न पाउँ भनेर विन्ती गरिरहेका थिए । पैदल सेनाको त्यो तन्दुरुस्त अफिसर, जो लडाइँ सुरु हुनुभन्दा पहिले तुसिनको डेराबाट निस्केर भागेको थियो, पेटमा गोली लागेर घाइते भएको थियो । उसलाई मात्मेभ्ना तोप गाडीमा सुताइएको थियो । ‘ पहाडको फेदीमा एउटा मलिनो अनुहार लगाएको हुस्सारजवान आफ्नो एउटा हातले अर्को हातलाई सहारा दिँदै तुसिनसमक्ष आयो र बस्ने ठाउँको लागि अनुरोध गर्यो ।
“कप्तान, भगवान्का लागि भन्दैछु, मेरो हात भाँचएको छ,” उसले डराइडराइ अनुरोध गर्यो । भगवान् साक्षी छन् । म एक पाइला पनि अगि, बढ्न सक्ने स्थितिमा छैन ।
यो स्पष्ट थियो कि यो जवान अब हिँड्न सक्ने स्थितिमा थिएन र त्यसकारणले नै बस्न पाउँ भनेर विन्ती गरिरहेको थियो, तर दुर्भाग्य उसको हरेक विन्ती अस्वीकृत भइरहेको थियो जै उसको अनुनय विनय धर्मराउँदो र टिठलाग्दो थियो । भगवानका लागि मेरो निम्ति एउटा सानो बस्ने ठाउँ दिलाइदिनु पर्यो । म असक्त छु ।
“उसलाई बस्न देऊ,” तुसिनले आदेश दियो । “उसलाई पल्टिनका लागि एउटा फौजी ठूलो कोट बिछ्याइदेऊ, केटा,” उसले आफ्नो सबभन्दा आज्ञाकारी सिपाहीलाई सम्बोधन गर्दै भन्यो । “घाइते अफिसर कहाँ छ नि ?”
“हामीले उसलाई फालिदियौँ, ऊ मरिसकेको थियो,” कसैले उत्तर दियो ।
“बस भाइ, बस,” अन्तोनोभ ! एउटा ठूलो फौजीकोट बिछ्याइदेऊ उसलाई ।
यो फौजी जवान रोस्तोभ थियो । उसले आफ्नो एउटा हात अर्को हातले समातिरहेको थियो । उसको अनुहारको रङ उडेको थियो । उसको तल्लो ओंठ कामजरोलेझैँ कामिरहेको थियो । उसलाई मात्मेम्ना तोपगाडीमा: बसालियो, जुन गाडीबाट. मृतक अफिसरलाई झारिएको थियो । त्यस ठाउँमा रगत लतपतिएको थियो, जसले गर्दा रोस्तोभको हात र उसले लगाएको ब्रिचिस पनि रगतमा लत्पतियो ।
“के भयो ? के तिमी घाइते भयौ, प्यारा ?,”. तुसिनले ऊ बसेको तोपगाडीनजिकै गएर सोध्यो ।
“होइन, यो त भित्रको चोट हो ।”
“यो तोपगाडीमा यति बिध्न रगत कहाँबाट आयो त ?,” तुसिनले प्रश्न गर्यो ।
“होइन, यो त त्यो घाइते अफिसरको शरीरबाट निस्केको रगत हो ।” एक जना तोपचालकले आफ्नो ओभरकोटको बाहुलाले रगत पुछ्दै उत्तर दियो मानौँ उसले आफ्नो तोपमा लागेको रगतवापत क्षमा मागिरहेको थियो ।
पैदल फौजीहरूको सहायताले तोपहरूलाई बडो मुस्किलले पहाडमाथि चढाएर लगियो । उनीहरू गुन्टर्सडोर्फ गाउँमा पुगेर रोकिए । यति बेला यति अँध्यारो भइसकेको थियो कि दस पाइला अगाडिका बर्दी चिन्न पनि सम्भव थिएन । गोलीहरूको आवाज मधुरो-मधुरो, भएको थियो । तर अचानक दाहिनेतिर नजिकैबाट गोली चलेको आवाजका साथ चिच्याहट र कोलाहलपूर्ण शब्दहरू सुनिन थाल्यो । गोलाबर्षा भएका कारण रातको अँध्यारो पनि उज्यालोजस्तो भएको थियो । यो फ्रान्सेलीहरूको अन्तिम हमला थियो र यसको जवाफ गाउँमा घुसेका हाम्रा सैनिकहरूले दिइरहेका थिए । एक पटक फेरि सबै मान्छे गाउँबाट भागाभाग गरे तर तुसिनका तोप आफ्नो ठाउँबाट डेग चल्न सकेनन् । अनि तोपचालक, तुसिन र जवान रोस्तोभ चुपचाप लागेर एक-आपसमा आफ्नो भाग्यको प्रतीक्षा गर्न लागे । केही छिनपछि तोपका गर्जन कम हुन थाले । फलस्वरूप सिपाहीहरू पनि वरिपरिका गल्लीहरूबाट उत्सुकतापूर्वक गफ गर्दै बाहिर निस्कन थाले ।
“ठीकैछौ पेत्रोभ! ” एउटा सिपाहीले अर्कोलाई सोध्यो ।
“हे साथी, मैले त दुस्मनको सातो लिएँ । अब यता आउने साहस कसरी गर्ला उसले ?” अर्कोले जवाफ दियो ।
“अँध्यारोमा नचिनेर दुस्मनले शापदो साथीलाई आफैले मार्यो । ए साथीहरू हो; रक्सी छैन अलिकति ?”
फ्रान्सेलीहरूको अन्तिम आक्रमण निष्प्रभावित तुल्याइएको थियो । र यो अँध्यारोको लाभ उठाएर तुसिनका तोपका साथै उसका फौज एक झुण्ड भएर अगाडि बढ्दै गए ।
त्यस अँध्यारोमा खासखुस चलेका कुराकानी, घोडाका टाप र तोपगाडीका चक्का घुमेको आवाज अदृश्य नदीको सलल बगेको आवाजजस्तो एकनासले अगि बढिरहेको थियो । तर यसका साथै घाइते फौजीहरूका रोदन र क्रन्दन पनि यो नदीको आवाजभन्दा कम मार्मिक थिएन । यस फौजको आर्तनादलाई आफैमा समाहित गर्ने यो अँध्यारोमा यसको उज्यालो पक्ष पनि मिश्रित थियो । केही छिन्पछि यो उज्यालो र अँध्यारोको अदृश्य। भीडभित्र एक प्रकारको अर्को उत्तेजनाको एउटा हल्का लहर बेतोड्सँग दगुर्यो । आफ्नो पार्श्ववर्ती पछाडि लगाएर एउटा सेतो घोडामा चढेको एक जना मान्छे उसको अगाडिबाट घोडा दगुराउँदै आयो र केही कुरा भन्यो । “उसले के भन्यो ? अब हामी कतातिर लाग्ने ? हामीहरूले धन्यवाद पायौँ त ?” सबैतिरबाट यही उत्सुकतापूर्ण प्रश्नपछि प्रश्न सुनियो र तत्पश्चात् यो नदीको प्रवाह एउटा विशाल कुण्डमा परिणत भएजस्तै भयो र तत्काल एउटा यस्तो आदेशात्मक सन्देश प्रसार भयो- नदी अब बग्न हुँदैन अर्थात् हामी सबै त्यहीँ रोकिनु पर्ने भयो, जहाँ हामी अहिले थियौँ । अगाडिका सबै रोकिए । यो हिलेबाटोमा जो-जो थिए सबै आफ्नो-आफ्नो ठाउँमा जडवत् भएर उभिए ।
आगो बालियो र कुराकानी गरेको आवाज स्पष्टसँग सुनिन थाल्यो । आफ्नो कम्पनीलार्इ आवश्यक आदेशहरू दिएपछि कप्तान तुसिनले रोस्तोभलाई मलमपट्टि गर्नु वा चिकित्सक भेटिन्छ कि भनेर एउटा सिपाहीलाई खोज्न पठायो र सडकको किनारमा सिपाहीहरूले बालेको आगोनजिक गएर बस्यो । रोस्तोभ पनि सकी-नसकी त्यहीँ गएर बस्यो । घाउको पीडा, सर्दी र चिसोले गर्दा उसको सम्पूर्ण शारीर कामजरो चढेझैँ कामिरहेको थियो र उसलाई निद्राले पनि च्यापिरहेका थियो । तर अत्यधिक पीडा र घाउ लागेको हातको लागि अनुकूल तथा आरामदायी स्थिति नभएको हुँदा ऊ निदाउन सकिरहेको थिएन । ऊ घरी आँखा छोप्थ्यो घरी आगोतिर हेर्थ्यो, जसलाई उ रातो मात्र देख्य्यो भने घरी कमजोर र कुप्रो शरीर भएको, तुसिनलाई हेर्थ्यो, जो उसको नजिकै पन्था मारेर बसेको थियो । तुसिनका ठूल्ठूला, दयालु र बुद्धिमत्तापूर्ण आँखाहरू सहानुभूति र समवेदनाका कारण रोस्तोभको अनुहारमा स्थिर भएका थिए । रोस्तोभलाई राम्ररी थाहा थियो कि तुसिन उसलाई तनमनले हरसम्भव सहयोग गर्न चाहन्छ तर तुसिन बबुरोले केही गर्न सक्तैनथ्यो ।
चारैतिरबाट सैनिकहररूकै कुरा गरिरहेको र यताउति हिँडडुल गरेको पदचापको आवाज सुनिन्थ्यो । उनीहरूको कुराकानी र उनीहरूको पदचाप, हिलोमा घोडाका टाप छयापछयाप गरेको आवाज र नजिक र टाढा बलिरहेका दाउराको चट्याङचुटुङ गरेको ध्वनी घरी सानो घरी ठूलो हुँदै एकाकार भइरहेका थिए ।
पहिलेजस्तो अहिले अँध्यारोमा ,कूनै अदृश्य नदी बगिरहेको थिएन बरु ठूलो आँधी र तूफान व्यहोरेर विह्वल भएको सागर क्रमिक रूपमा शात्त हुँदै गइरहेको थियो । रोस्तोभ नबुझेजस्तो गरी आफ्नो अगाडिपछाडि र चारैतिर हेर्यो र निस्पृह भएर सुन्थ्यो मात्र । एउटा सिपाही अगेनाको नजिकै आयो, हगासनमा बस्यो र आगोमा हात सेकाउँदै आफ्नो मुन्टो एकातिर बटार्यो ।
“रिसाउनु हुन्छ कि हजूर ?,” उसले तुसिनलाई सोध्यो । म आफ्नो कम्पनीबाट बिछोडिएँ र अहिले म कहाँ छु भन्ने कुरा पनि मलाई थाहा छैन । बडो फसादमा परेँ ।”
उक्त सैनिकसँगसँगै जस्तो गालामा पट्टि बाँधेको एक जना अफिसर पनि अगेँनोनजिक आयो र उसले तुसिनलाई आफ्ना तोप एकातिर हटाउन आदेश दिनुहोस् भनी उसँग अनुरोध गर्यो ताकि सामान लादेको घोडागाडी सजिलोसँग छिर्न सकोस् । यो कम्पनी कमाण्डरपछि अरू दुई जना सैनिक पनि अगेनोनजिक आए । उनीहरू एक जोर बुट एक आपसमा खोसाखोस गर्दै हात हालाहाल गरिरहेका थिए ।
“तैँले नै चोरेको होइनस् ? आफूलाई खूब चलाख भन्ठान्छस् होइन ?,” दुईमध्ये एउटा धोद्रो स्वरमा चिच्यायो ।
यसपछि दुब्लोदुब्लो र पहँलो अनुहार भएको अर्को एक जना सिपाही पनि आयो, जसको गर्धनमा रगतले मुछिएको पट्टि बाँधिएको थियो । उसले रिसाउँदै तोपचालकहरूसँग पानी खान माग्यो ।
“के भुस्याहा कुकुरजस्तै भएर मर्ने त ?,” उसले भन्यो ।
तुसिनले उसलाई पानी खान दिने आदेश दियो । एकछिनपछि फेरि अर्को एक जना प्रसन्नचित्त सिपाही आयो र उसले प्यादा फौजको लागि धुनी सल्काउन आगोको बीउ माग्यो ।
“सिपाहीहरूको लागि एकदम बलेको आगो चाहिन्छ ! हेर भाइ हो, तिमीहरूको भलो होस् । आगोको बीउका लागि धन्यवाद । हामी यसको ब्याजसहित फर्काउने छौँ,” बलिरहेको अगुल्टो हातमा लिएर अँध्यारोमा कतै लाग्दै उसले भन्यो ।
यो सिपाही गएपछि फौजी ओभरकोटमा केही गरुङ्गो: वस्तु बोकेका चार जना सिपाहीहरू अगेनाबाट पार भए । उनीहरूमध्ये एउटालाई ठेस लाग्यो ।
“ओहो, बदमासहरूले बाटोभरि दाउरा बिछ्याएका रहेछन्,” ऊ फत्फतायो ।
“यो त मरिसकेको छ । यसलाई बोकेर के फाइदा ?,” अर्कोले भन्यो ।
“चुप लाग, चुप लाग ।”
यति भनेर उनीहरू पनि आफ्नो भारी बोक्दै अँध्यारोमा अदृश्य भए ।
“दुखिरहेको छ के ?” तुसिनलले मसिनो स्वरमा रोस्तोभलाई सोध्यो ।
“हो, दुखिरहेको छ ।”
“हजूरलाई जर्नेल साहेबले बोलाउनु भएको छ ।” उहाँ यहीँ निर “एउटा घरमा हुनसहुन्छ ” एक जना तोपचालकले तुसिननजिकै आएर भन्यो ।
“आइहाल्छु तुसिननजिकै आएर भन्यो । भाइ ।”
तुसिन उठ्यो र आफ्नो फौजी सोझो हँदै अँगेनो छोडेर हिँड्यो ।
तोप चालकहरूको अगेनानजिकै राजकुमार बग्रातिओनको लागि एउटा घर बताइएको थियो । उ त्यहाँ आफ्नो क्वाटरमा जम्मा भएका केही अफिसरहरूसँग कुरा गर्दै खाना खाइरहेको थियो । अर्धबन्द आँखा भएको बुढो कर्नेल पनि यहाँ थियो, जो भेँडाको हाड चपाइरहेको थियो । अबिच्छिन्न रूपमा बाइस वर्षसम्म सैनिक सेवामा लिड्लग्न त्यहाँ उपस्थित थियो, जसको अनुहारमा भोद्का पिएर खाना खाएपछि लाली चढेर आएको थियो । आफ्नो नाम अङ्कित औँठी लगाएको स्टाफ अफिसर पनि यहाँ थियो । चिन्ताग्रस्त स्थितिमा सबैतिर हेर्दै जेरकोभ तथा राजकुमार आन्द्रेइ पनि यहीँ बसेका थिए । राजकुमार आन्द्रेइको अनुहार पहँलो भएको थियो, ओँठ सुकेका थिए र आँखा असाध्यै चम्किरहेका थिए । फ्रान्सेलीहरूसँग खोसेको एउटा झण्डा यस घरको एउटा कुनामा ठडिएको थियो । गौप्राणी अनुहार भएको सरकारी वकील त्यसको कपडा छोइरहेको थियो र सम्भवतः यसकारण शङ्काबस टाउको हल्लाइरहेको थियो कि साँच्चै नै उसलाई झण्डाप्रति चाख लागिरहेको छ अथवा यसकारण यस्तो गरिरहेको थियो कि अरूले खानपिन गरिरहेको देखेर उसको मन कुँडइरहेको थियो किनभने ऊ असाध्यै भोकाएको थियो तर उसलाई उक्त खानपिनमा सहभागी गराइएन । अर्को घरमा घोडसैनिकहरूले बन्दी बनाएको एक जना फ्रान्सेली कर्नेल थियो । हाम्रा अफिसरहरू भीड लागेर उसलाई हेरिरहेका थिए । राजकुमार बग्रातिओन अलग-अलग कम्पनीका कमाण्डरहरूलाई धन्यवाद दिँदै लडाइँको पूर्ण विवरणका साथै आफूले बेहोर्नुपरेको हानी-नोक्सानीका बारेमा सोधपुछ गर्दै थियो । ब्राउनाउनजिक कुतुजोभलाई आफ्नो रेजिमेन्टको कवाज देखाउने जर्नेल, राजकुमार बग्रातिओनलाई यो बताउँदै थियो कि लडाइँ सुरु हुनासाथ ऊ जङ्गलबाट पछ्लाडि हटिसकेको थियो । उसले रुख काटिरहेका सैनिकहरूलाई एकत्रित गर्यो । फ्रान्सेलीहरूलाई आफ्नो नजिकैबाट निस्केर जान दियो, त्यसपछि दुई बटालियनका साथ उनीहरूका विरुद्ध सङ्गीनद्वारा हमला गर्यो र उनीहरूलाई हराइ छोड्यो ।
“हजूर, जसै मैले उनीहरूको पहिलो बटालियन नै अव्यवस्थित भएको देखेँ म बाटैमा रोकिएँ र सोचेँ, म उनीहरूलाई हामीतर्फ अगाडि बढ्दै आउन दिन्छु र आउनासाथ् सम्पूर्ण बल लगाएर उनीहरूका विरुद्ध गोली बर्साउँछु – र मैले त्यस्तै गरेँ ।”
रेजिमेन्ट कमाण्डर यस्तो गर्न अत्यन्त उत्सुक थियो । यस्तो गर्न नपाउँदा, उनलाई यति ठूलो अफसोच थियो कि उसलाई यथार्थमा यस्तो भइसकेजस्तो अनुभुती भइरहेको थियो । सायद साँच्चै नै यस्तो भएकै हो त ? तर त्यस्तो भ्रमात्मक अवस्थामा के भयो वा के भएन कसलाई के थाहा ?
“र हजूर म यो पनि बताउन जरुरी ठान्छु,” उसले भन्यो । कुतुजोभसँग भएको दोलोखोभको कुराकानी र केही समयपहिले दोलोखोभसँग आफूले गरेको भेटघाट सम्झदै उसले अगाडि भन्यो, “कि अफिसरको पदबाट घटुवा गरेर साधारण सैनिकमा झारिएको दोलोखोभले मेरै आँखाका सामुन्ने एउटा फ्रान्सेली अफिसरलाई. पक्रेर बन्दी बनायो र आफ्नो वीरताको विशेष परिचय दियो ।”
“हजूर, यसै बखत मैले पाभ्लोग्रादका घोडसेनाले त्यहाँ आक्रमण गरेको देखेको छु ।” असजिलो मानेर यताउति हेर्दै र कुराकानीमा सामेल हुँदै जेरकोभले भन्यो । उसले त्यस दिन हुस्सारहरूलाई देखेको मात्र पनि थिएन र प्यादा फौजको एक जना अफिसरको मुखबाट मात्र उनीहरूबारे सुनेको थियो । “हजूर, उनीहरूले त दुई-दुईवटा बर्गाकार चक्रव्यूह तोडेर नष्ट गरिदिए ।”
जेरकोभका कुरा सुनेर कोही हाँस्न थाले किनभने सदाजस्तै उनीहरूले उसको मुखबाट ख्यालठट्टा मात्र सुन्ने अपेक्षा गरेका थिए । तर उसले जे भनिरहेको थियो, त्यसले हाम्रो सेना र आजको लडाइँको गौरव बढाएको देखेर, उनीहरूले गम्भीर मुद्रा धारण गरे तथापि उनीहरूमध्ये धेरैले उसले भनेका कुरा झुठा र निराधार ठान्थे । राजकुमार बग्रातिओनले बुढा कर्नेलतिर फर्केर सम्बोधन गर्यो :
“महानुभावहरू, म तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु । सेनाका सबै विभाग पैदल सेना, घोडसेना र तोपसेना सबैले ठूलो बहादुरी देखाए । हो, मध्यभागका , दुइटा तोप के-कसरी त्यहीँ रहन गए, थाहा छैन ? आँखाले कसैलाई खोजे जस्तो गरेर उसले सोधपुछ गर्यो । (बग्रातिओनले बायाँ किनारका तोपका बारेमा सोधेन । उसलाई थाहा थियो कि लडाइँ सुरु हुनासाथ त्यहाँ सबै तोप मिल्काइएका थिए) “मलाई लाग्छ, मैले तिमीलाई त्यहाँ पठाएको थिएँ, उसले स्टाफ अफिसरतर्फ सङ्केत गर्दै थप्यो ।”
“एउटा बिग्रेर कामै नलाग्ने भएको थियो,” स्टाफ अफिसरले जवाफ दियो, “र अर्को के-कसरी त्यहाँ छोडियो म आफैँले यसै भन्न सक्तिनँ । म स्वयम् आदेश दिँदै हर बखत त्यहीँ उपस्थित छु – र भर्खर मात्र त्यहाँबाट आएको छु …..यो साँचो हो कि त्यहाँ गोलावारी खूब भइरहेको थियो,” उसले नम्रतापूर्वक जवाफ दिँदै अरू थप्यो ।
कसैले यो सूचना दियो क्रि कप्तान तुसिनको तोपखाना गाउँमा नै खडा छ र कप्तानलाई बोलाइएको छ ।
“हो त नि, तिमी पनि त त्यहीँ थियौ,” राजकुमार बग्रातिओनले राजकुमार आन्द्रेइलाई भन्यो ।
”हो, हो । हामीहरू दुवै जना एक-आपसमा अलिकति मात्र अगाडि-पछाडि थियौं,” स्टाफ अफिसरले मुस्कुराउँदै, बोल्कोन्स्कीलाई भन्यो ।
“मैले तिमीलाई त्यहाँ देख्ने सौभाग्य प्राप्त गर्न सकिनँ,” राजकुमार आन्द्रेइले तुरून्तै रुखो जवाफ दियो । सबै चुपचाप लागे ।
ढोकामा तुसिन देखियो । ऊ डराइडराई जर्नेलहरूका पछाडिबाट अगाडि बढ्दै थियो । जसै र जर्नेलहरूका अगाडि लागेर भीड लागेको घरमा पुग्यो ऊ सदाझैँ आफूभन्दा माथिल्ला अफिसरहरूलाई देखेर असजिलो मानिरहेको थियो । फलस्वरूप उसले ‘झण्डाको- डण्डा नदेखेर त्यससँग ठक्कर खायो । त्यहाँ उपस्थित सबै जना गललल्ल हाँसे ।
“तोप त्यहाँ कसरी छोडियो त? राजकुमार बग्रातिओनले कप्तानतिर भन्दा हाँस्नेहरूतिर बढी नजर लगाउँदै झोक्किएर सोध्यो । हाँस्नेहरूमध्ये सबभन्दा ठूलो स्वरमा हाँस्ने जेरखोभ थियो ।
कठोर हृदयी यी ठूला अफिसरहरूसम्मुख पर्दा बल्ल अहिले र यसै बखत तुसिनलाई आफ्नो यस अपराध र कलङ्कको चेतना भयो कि आफू जिउँदो हुँदाहुँदै उसले दुइटा तोप गुमाउनु पर्यो । ऊ यति उत्तेजित थियो कि यति बेलासम्म यस विषयमा उसले केही सोचेको थिएन । अफिसरहरूको हाँसोले उसलाई झन् हतप्रभ तुल्याएको थियो । ऊ बग्रातिओनसामु उभिएको थियो । उसको तल्लो च्यापु कामिरहेको थियो र मुस्किलले यति बोल्न सक्यो- “थाहा छैन – हजूर – मसँग मान्छे थिएनन् ।”
“तिमीले तोप सैनिकहरूमध्येबाट पनि आवश्यक मान्छे परिचालन गर्न सक्थ्यौ ।”
तुसिनले आत्तिएर त्यहाँ अतिरिक्त रक्षा सैनिक थिएनन् भन्न सकेन यद्यपि यो कुरो साँचो थियो । ऊ यस्ता कुरा गरेर अर्को कुनै अफिसरलाई अप्ठ्यारोमा पार्न चाहँदैनथ्यो । त्यसैले ऊ मौन थियो र खाली बग्रातिओनको अनुहारमा नजर गाडेर यसरी हेरिरहेको थियो, जसरी कुनै परीक्षार्थी विद्यार्थीले आफ्नो परीक्षक गुरुलाई हेर्छ ।
यो मौनता-केही क्षणसम्म कायम रह्यो । राजकुमार बग्रातिओन सम्भवत: कठोर हुन चाहँदैनथ्यो त्यसैले अब के भन्ने उसको दिमागमा कुनै कुरा नै आइरहेको थिएन । यस विषयमा अरू कुनै व्यक्तिको हस्तक्षेप गर्ने साहस थिएन । राजकुमार आन्द्रेइ दिक्क भएर तुसिनतर्फ हेरिरहेको थियो र उसका हातका औंला त्यत्तिकै सल्बलाइरहेका थिए ।
“हजूर,” राजकुमार बग्रातिओनले तिखो स्वरमा यो मौनता भङ्ग गर्यो, तपाईंले मलाई कमान तुसिनको तोपखानामा पठाउने कृपा गर्नु भएको थियो । म त्यहाँ गएँ र त्यहाँ जाँदा मैले दुई तिहाई तोपवाला र घोडाहरू मरेको पाएँ । दुइटा तोप काम नलाग्ने भएका थिए र तोपखानाको रक्षा गर्ने सेनाको कहीँ कतै नामनिसान थिएन ।”
राजकुमार बग्रातिओन र तुसिन दुवैले अहिले आफ्नो उत्तेजना दबिएर संयमित ढङ्गले बोलिरहेको बोल्कोन्स्कीलाई गम्भीरतापूर्वक हेरिरहेका थिए ।
“र हजूर यदि मलाई बोल्ने र मेरो राय प्रकट गर्ने अनुमति दिनुहुन्छ भने,” उसले आफ्नो कुरा कायम राख्दै भन्यो, “म यो भन्छु कि आजको सफलताको श्रेय सबभन्दा धेरै गर शरोम्यानाडो कार्वाही कप्तान टुसिच। तथा उसको कम्पनीको वीरता र दुढताका लागि जान्छ, जसप्रति हामी सबै आभारी छौँ,” राजकुमार आइन्द्रेले भन्यो अनि उत्तरको प्रतीक्षा नै नगरी तत्काल त्यहाँबाट उठ्योर कुर्सी छोड्यो ।
राजकुमार बग्रातिऔनले तुसिनतर्फ हेर्यो र सायद बोल्कोन्स्कीको अन्तर्मनको रायप्रति अविश्वास पनि प्रकट गर्न नचाहने र उसको कुराको पूर्ण समर्थन पनि गर्न नसक्ने अन्यमनस्क स्थितिमा आफूलाई पाउँदा उसले मात्र शिर निहुरायो र तुसिनलाई भन्यो कि ऊ जान सक्छ । राजकुमार आन्द्रेइ उसको पछिपछि लागेर बाहिर आयो ।
”धन्यवाद: छ तिमीलाई, तिमीले मलाई बचायौ,” तुसिनले भन्यो ।
राजकुमार आन्द्रेइले तुसिनतर्फ हेर्यो र केही पनि नबोलेर त्यहाँबाट हिँड्यो । उसको मन दु:खी र खिन्न थियो । यो सबै यति अचम्मसँग भएको थियो कि उसले यस्तो होला भनेर कल्पना पनि गरेको थिएन ।
”उनीहरू को हुन् ? यहाँ किन आएका हुन् ! उनीहरू के चाहन्छन् ? र यस्ता सबै परिघटनाहरूको अन्त्य कहिले हुन्छ ?,” आफ्ना आँखाअगाडि बदलिइरहेका छायाहरू हेर्दै रोस्तोभले मनमा कुरा खेलाइरहेको थियो । पाखुराको दुखाइ झन्भन्दा झन् बढ्दै गइरहेको थियो । उसलाई नीद लागिरहेको थियो र आँखाअगाडि राताराता चक्रहरू नाचिरहेका थिए र ती अनुहार र तिनका आवाजको प्रभाव उसले भोगिरहेको पीडासँग मिश्रण भएर एकाकार भएका थिए । ती तिनीहरू नै थिए – तिनै सिपाहीहरू नै थिए जो कोही घाइते थिए र कोही सकुशल थिए – ती तिनीहरू नै थिए, जसले उसलाई दबाइरहेका थिए – कूल्चिरहेका थिए – उसका नसा बटारिरहेका थिए र उसको भाँचिएको पाखुरा र काँधको मासु चिथोरिरहेका थिए । यी सबैबाट छुटकारा पाउन उसले आफ्ना आँखा बन्द गर्यो ।
केही छिन घुर्यो । तर त्यत्ति छोटो समयमा पनि उसले सपनामा आफ्नो अगाडि अनगिन्ती वस्तुहरू देख्यो, उसकी आमा र उनका विशाल र सेतासेता हातहरू, सोन्याको पातलो र सानो गर्धन, नताशाका आँखा र मुस्कान, देनिसोभको आवाज र जुँघा, तेल्यानिनको अनुहार, तेल्यानिन र बोगदानिचसँगको बस-उठ, यो सम्पूर्ण कथा र तिखो आवाजवाला सैनिक आपसमा घुलमिल भएका थिए र यही कथाका पात्ररूपी मान्छेहरू र सैनिकहरूले नै लगातार उसको पाखुरा समातिरहेका थिए – दबाइरहेका थिए र एउटै दिशामा तानिरहेका थिए । उसले उनीहरूबाट मुक्ति पाउने चेष्टा गर्यो तर उनीहरूले उसको काँध एकछिन पनि छोडदैनथे । उनीहरूले उसको काँध नतान्ने गरेको भए सायद यतिविध्न पीडा हुँदैन थियो कि- अथवा उसको शरीर चङ्गा हुने थियो कि ! तर उनीहरूसँग पिण्ड छुटाउन सहज थिएन ।
उसले आँखा खोल्यो र हेर्यो। रातको कालो चेँदुवा अँगेनोबाट निस्केको उज्यालोभन्दा एक मिटरभन्दा पनि कम मात्र माथि हुँदो हो । यही उज्यालोमा हिमकणहरू उडिरहेका थिए:। ।तुसिन पनि फर्केको थिएन । डाक्टर पनि आएको थिएन । ऊ फगत एक्लै थियो । त्यहाँ कोही थियो भने एउटा सैनिक थियो, जो अँगेनाको अर्को छेउमा नाङ्गै बसिरहेको थियो र आफ्नो दुब्लो , पातलो र पहेँलो शरीरलार्इ सेकाइरहेको थियो ।
“मलाई कसैले पनि माया गर्दैन ।” “अहिले म कसैको लागि चाहिन्न ।” मलाई सहयोग र दया-माया गर्ने कोही छैन । तर म पनि कुनै दिन घरमा थिएँ । त्यसबेला म बलियो थिएँ , खुसी थिएँ र सबैको प्यारो पनि थिएँ,” उसले ठूलो सास फेर्यो र यसो गर्दा नचाहँदा नचाहँदै पनि ऊ नमीठोसँग करायो।
“दुखीरहेछ कि कसो ?” नाङ्गो सैनिकले आगोमाथि आफ्नो लुगा झदकार्दै सोध्यो र उत्तरको प्रतीक्षा नगरेर खाकखुक गर्दै अरू केही कुरा पनि थप्यो – “हो,’आज एकै दिनमा पनि कति मान्छेहेरू अपाङ्ग भएका छन् – परिस्थिति वास्तवमा अत्यासलाग्दो छ।”
रोस्तोभले सैनिकका कुरा सुनिरहेको थिएन । उसले आगोमाथि पौडी खेलिरहेका हिमकण मात्र हेरिरहेको थियो र उसलाई रसियाको जाडोका विरुद्ध न्यानो प्रदान गर्ने प्रकाशघर, नरम भुवाको आफ्नो ओभरकोट, छिटोछिटो सर्कते स्लेज, स्वस्थ शरीर, तथा परिवारका सदस्यहरूको माया र उनीहरूप्रतिको चिन्ताले सताइरहेको थियो । “म यहाँ किन आएँ हँ ?” उसको मनमा यही कुरा मात्र खेलिरहेको थियो ।
अर्को दिन फ्रान्सेली फौजले फेरि अर्को आक्रमण दोहोर्याएन । यता बग्रातिओनको बचेखुचेका सेना कुतुजोभको सेनामा गएर पुनः समाहित भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।