बन्दाबन्दीको समयमा इन्टरनेट संसारभरमा बहुसंख्यक मानिसहरुको लागि समय व्यतित गर्ने मुख्य साधन भएको छ ।
इन्टरनेटमा उपलब्ध भएका ज्ञानबर्द्धक तथा मनोरञ्जनात्मक सामग्रीहरुको प्रयोग ह्वात्तै बढेको छ । चलचित्र तथा भिडियो सामग्रीहरु मात्रै नभएर यो समयमा पुस्तक तथा पुस्तक सम्बन्धित सामग्रीहरु जस्तै: इबुक तथा अडियो बुकको प्रयोग पनि बढेको छ तर मानिसको असिमित चाहना भन्नु पर्छ, पहिले देखि उपलब्ध सामग्रीहरुले मात्रै मानिसको चासोको सम्बोधन गरेको पाइदैन । युट्युब तथा फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा प्रत्यक्ष (लाइभ) उपस्थित भएर बनाइएका सामग्रीहरुमा मानिसहरुको रुचि बढेको पाइन्छ ।
नेपाल पनि यो सन्दर्भबाट अछुतो रहेको छैन । यस्ता विभिन्न लाइभ कार्यक्रमहरु नेपालमा पनि भइरहेका छन् । नेपालमा यस्ता कार्यक्रमहरु रुचाइन थालेका छन् र यस्ता कार्यक्रमहरु प्रतिको चासो बढिरहेको छ । व्यक्तिगत वा संस्थागतरुपमा नै अहिले फेसबुक लाइभमा विभिन्न कार्यक्रमहरु हामीले देख्न पाइरहेका छौँ । नेपाल स्काउटमा हरेक दिन हुने स्काउट लाइभ होस् या कोरीबाटी डट कमले फिल्मी हाजिरीजवाफ कार्यक्रम या साहित्यकार कृष्ण धरावासीको साहित्य चर्चा या बुकाहोलिक्समा श्रष्टासँगको साक्षात्कार, सबै फेसबुक मार्फत हुने लाइभ कार्यक्रमहरु नै हुन् ।
मन्डेज् विद् मिसेल ओबामा बालबालिकाप्रति समर्पित
अमेरिकामा पनि अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले हरेक सोमबार बन्दाबन्दी जारी रहुञ्जेल आफूलाई मन परेका बालपुस्तकहरू स-स्वर वाचन गरी सुनाइरहेकी छिन् ।
मन्डेज् विद् मिसेल ओबामा नामकरण गरिएको सो कार्यक्रमलाई प्रख्यात कम्पनी बिबिएस टेलिभिजन किड्स, पेन्गुइन योङ रिडर्स र रेन्डम हाउस चिल्ड्रेन्स बुक्सले संयुक्त रूपमा आयोजन गरेका हुन् ।
“बन्दाबन्दीका बेला बालबालिका एक्लै घरमा बस्नु पर्दा दिक्क मानिरहेका होलान् ।” ओबामा भन्छिन्, “बन्दाबन्दीमा बालबालिकाले बा-आमालाई घरमा दिक्क बनाउन सक्छन् । बा-आमाले घरैबाट अफिसको काम गर्नुपर्ने हुनसक्छ । यस्तो बेलामा मैले थोरै भए पनि सहयोग गर्न सकेँ भने खुसी नै लाग्नेछ ।”
बालपनमा आफूले पढेका सुन्दर पुस्तकहरू हरेक सोमबार एक महिनासम्म पढेर सुनाउने योजना मिसेलको छ । उनले यसका लागि चार वटा पुस्तक छानेकी छन् ।
लकडाउनमा पुस्तकहरुको बिक्री घटेको भए पनि अनलाइनमा पुस्तक पढ्नेहरु बढेका छन् । योसँगै वाचन गर्नेहरुको पनि आकर्षण बढेको छ ।
उनले भनिन्, “मैले बालापनमा ती पुस्तक पढेकी थिएँ र खुबै रमाएकी थिएँ । पछि जब म छोरीहरूकी आमा बनेँ, मैले तिनै किताबहरु छनोट गरेँ र छोरीहरूलाई सुनाएँ । उनीहरूलाई पनि ती कथा मन परेका थिए । आज फुर्सदका बेला म देशभरिका बालबालिकाहरूलाई तिनै कथा सुनाउनेछु ।”
यसका लागि उनले छानेका चार पुस्तकहरूमा ‘द ग्रफालो’, ‘देयर इज अ ड्रागन इन योर बुक’, ‘मिस म्यापल्स सिड्स’, ‘द भेरी हङ्ग्री क्याटरपिलर’ रहेका छन् । मिसेलले पुस्तक पढेर सुनाउनुका साथै ती पुस्तकले आफ्नो जीवनमा कस्तो प्रभाव पारे भन्ने समेत बताउने छिन् ।
यस्तै बाराक ओबामाले सोही अवसरमा राष्ट्रपति छँदा पढेको ‘ह्वेर द वाइल्ड थिङ्स् आर’ सबैभन्दा मन परेको बालपुस्तक भनी टिप्पणी गरेका थिए । तर ओबामा भने यो कार्यक्रममा देखा पर्ने छैनन् ।
तालिकाबद्ध ट्विटर लाइभ रुचाइदै
मिसेल ओबामाले सातामा एक दिन बालबालिका लागि मात्रै कार्यक्रम सञ्चालन गरिरहेकी छिन् तर पिबिएस टेलिभिजनका प्रख्यात प्रस्तोता र दुई दशकदेखि पुस्तक चर्चा गरिरहेका लेभार बर्टनले पनि ट्वीटरमा अप्रिल ३ देखि सोमबार, बुधबार र शुक्रबार तीन दिन पुस्तक वाचनको कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
उनले आफ्नो ट्विटर प्रोफाइलबाट तालिकाबद्धरुपमा फरक फरक श्रोताका लागि फरक फरक दिन छुट्याएका छन् । उनले सोमबार बालबाालिकाका पुस्तक वाचन गर्छन् । त्यस्तै, उनले बुधबार किशोरकिशोरीका लागि उपयुक्त हुने पुस्तकको वाचन सहित लाइभ हुन्छ र शुक्रबार भने वयस्कहरूका लागि वाचन कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।
I can't wait to share the magic of storytelling with kids everywhere by reading a beloved children's book every Monday with @PBSKIDS and @Penguinrandom.
I hope you’ll tune in today at 12PM ET as I read "The Gruffalo" on @PBSKIDS's YouTube channel and Facebook page! pic.twitter.com/6sDVovw42X
— Michelle Obama (@MichelleObama) April 20, 2020
तस्विर साभार : मिसेल ओबामाको ट्विटरबाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।