२८ जेष्ठ २०८३, बिहीबार हाम्रो टिम सम्पर्क हाम्रा प्रकाशन
समाचार आख्यान गैर-आख्यान काव्य कला नवपुस्ता मुलुकबाहिर विश्व साहित्य पर्या साहित्य English
पोस्ट पेज – टप ब्यानर (Banner Long)
विश्वका विख्यात साहित्यकार: लुइजी पिरान्डेलो

साहित्यपोस्ट र योगेन्द्र तिमिल्सिना

२०८१ जेष्ठ २८ १२:०७

साहित्यपोस्ट र योगेन्द्र तिमिल्सिना

२०८१ जेष्ठ २८ १२:०७

ShareTweetSubscribe

इटालेली उपन्यासकार, कवि तथा नाटककार लुइजी पिरान्डेलो २८ जुन १८६७ का दिन दक्षिण सिसिलीको एग्रिजेन्टो नाउँको एउटा सानो गाउँमा जन्मेका थिए । उनका पिता स्टेफानो एक सम्पन्न उद्योगपति थिए । पिरान्डेल्लोले प्राथमिक शिक्षा घरमै पूरा गरे । सन् १८८० मा उनको परिवार सिसिलीको राजधानी पालेरमो बसाइँ सर्‍यो । १३ वर्षका पिरान्डेल्लोले त्यही शहरको हाईस्कुलमा नाम लेखाए र त्यहीँबाट स्कुले शिक्षा पूरा गरे। त्यहीँ पालेरमो युनिभर्सिटीमा उनले कानुन पढेका थिए ।

सन् १८८९ मा माल जियोकन्दो (Mal Giocondo) नाउँको उनको पहिलो कविता सङ्ग्रह प्रकाशित भयो । सन् १८९१ मा उनी जर्मनी गए र त्यहीँ बोन विश्वविद्यालयबाट तत्वज्ञानमा उपाधि प्राप्त गरे । त्यसपछि रोमबाट फर्केर उनले जर्मनीमा १९२३ सम्म शिक्षकको रूपमा काम गरे ।

सन् १८९४ मा लिसलुसा नाउँको उनको पहिलो उपन्यास निस्क्यो । इल फु माटिया पास्कल भन्ने उपन्यास प्रकाशित भए पछि उनको नाम सर्वत्र फिँजियो। पिराण्डेल्लो नाटक पनि लेख्थे र रोममा उनको आफ्नै नाट्यशाला पनि थियो। उनी प्रायः मध्यम वर्गीय समाजको चित्रण गर्दछन् र कल्पनालाई नाटकीय रूप दिन खप्पिस छन् ।

निम्नलिखित उनका प्रसिद्ध कृति हुन् :

१. गोली ठोक (Shoot), २. बुढो र जवान (The Old and The Young), ३. तीन नाटक (Three Plays), र ४. थप तीन नाटक (Three Further Plays)

मनोवैज्ञानिक विश्लेषणलाई नाटकीय रूप दिनसक्ने जादुमय शक्तिको निम्ति पिरान्डेल्लोलाई सन् १९३४ को नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

डिसेम्बर १०, १९३६ मा इटालीको रोममा उनको देहान्त भयो ।

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्...
पोस्ट पेज – लेखको तल 1st  (Banner  Ad)
पोस्ट पेज – लेखको तल 2nd  (Banner  Ad)
पोस्ट पेज – लेखको तल 3rd  (Banner  Ad)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
पोस्ट पेज – लेखको दाहिने 1st (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 2nd (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 3rd (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 4th (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 5th  (Box Ad)



नयाँ पोस्ट
क्लासिक कविता : लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र
कविता : सिंहदरबारको ढोकामा उभिएर
गीत : दैलोमा गजबार लगाइदियौ
पर्यटनसँगै साहित्य’ नारामा मिक्लाजुङ काव्य उत्सव सम्पन्न
कविता : छातीमा नेपाल राखेर बोलिरहेछु

र यो पनि पढ्नुहोस्...

‘सडक र प्रतिभा’मा पारिजातको कथा साधना
योगेन्द्र तिमिल्सिना २०८१ चैत्र ६ ०५:०९

‘सडक र प्रतिभा’मा पारिजातको कथा साधना

कथा : पुनरागमन
योगेन्द्र तिमिल्सिना २०८० जेष्ठ ३० ०६:०५

कथा : पुनरागमन

विश्वका विख्यात साहित्यकार फ्रान्स एइमेल सिलाङपा
योगेन्द्र तिमिल्सिना २०८० आश्विन ८ ०४:१०

विश्वका विख्यात साहित्यकार फ्रान्स एइमेल सिलाङपा

ग्याब्रियल मार्खेज र उनको साहित्यिक यात्रा
योगेन्द्र तिमिल्सिना २०७८ जेष्ठ १० ०६:०१

ग्याब्रियल मार्खेज र उनको साहित्यिक यात्रा

योगेन्द्र तिमिल्सिनाका दुई कृतिको लोकार्पण
साहित्यपोस्ट २०८१ भाद्र ३० १२:२६

योगेन्द्र तिमिल्सिनाका दुई कृतिको लोकार्पण

विश्वका विख्यात साहित्यकार, भर्जिल
साहित्यपोस्ट र योगेन्द्र तिमिल्सिना २०८१ बैशाख २४ १२:३१

विश्वका विख्यात साहित्यकार, भर्जिल

साहित्यपोस्ट डट कम
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८

Quick Links

About Us
Terms And Condition
Privacy Policy
Advertisement
हाम्राे टिम

अश्विनी कोइराला

प्रधानसम्पादक

कृष्ण ढुङ्गेल

सम्पादक

प्रकाश पौडेल "माइला"

सर्वज्ञ वाग्ले

संरक्षक

लेख रचना पठाउन : sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०७९, शब्द मिडिया प्रा. लि.
Developer: Anil Khatiwada । Layout: Milan Acharya