बेलायत मुख्यालय भएको द इकोनमिस्ट म्यागेजिन एउटा साप्ताहिक खबर पत्रिका हो । यसले संसारभरिका राजनीतिक, आर्थिक, सामाजिक खबरहरू विश्लेषणात्मक तरिकाले पस्कने गर्छ । डेढ सय वर्षको इतिहास रहेको यो म्यागेजिन संसारका सबैजसो प्रमुख देश तथा राजधानीमा पुग्ने गर्छ ।