लेखक

शरद् प्रधान 4 लेखहरु 0 comments
शरद प्रधानले विगत चार दशकदेखि नेपाली साहित्यमा अनवच्छिन्नरुपमा कलम चलाउँदै आइरहनु भएको छ ।
विशेषगरी गद्य लेखनमा रुचि राख्ने प्रधानले नेपाली साहित्यकारहरूको समीक्षात्मक जीवनी नेपाली र अंग्रेजी दुवै भाषामा लेखिरहनु भएको छ ।
शरद प्रधान र आर. डी शर्मा युयुत्सुको संयुक्त सम्पादनमा नगेन्द्र शर्माले नेपाली कथाहरु अंग्रेजीमा अनुवाद गर्नु भएको कथा संग्रह The Sheet of Snow भारतको निराला प्रकाशनले प्रकाशित गरेको छ । आठपहरिया राई सम्बन्धी पुस्तक प्रसिद्ध कवि एवं लोकवार्ताकार तुलसी दिवससँग संयुक्तरुपमा सम्पादन गर्नुभएको छ ।
नेपालबाट प्रकाशित हुने अंग्रेजी दैनिक पत्रिका द काठमान्डौ पोस्टमा उपसम्पादक भएर सात वर्ष काम गर्नुभएका प्रधानले The Connection, Everest Visitor, FM( Fashion and Modeling), आस्था, नर्थ पोन्टर, नेपाल पर्यटन बोडको मुखपत्र आदिको सम्पादन गर्नु भएको छ ।
नेपाल पर्यटन बोर्डमा डेढ दशकसम्म मिडिया प्रमुख भएर काम गर्नुभएका उहाँले बोर्डबाट प्रकाशित अधिकांश पुस्तक, पुस्तिका र पत्रिकाको सम्पादन गर्नु भएको छ ।
उहाँको साहित्य, संगीत र कलामाथि लेखेका सयौँ भन्दा बढी अंग्रेजी लेखहरू नेपालका प्रमुख पत्रिकाहरूमा प्रकाशित छन् ।
हाल उहाँ रेडियो टुरिजम नामक अनलाइन मिडिया सञ्चालन गरिरहनु भएको छ ।