नेपाली साहित्यमा मूलतः कथाकारका रूपमा परिचित राजेन्द्र पराजुली पत्रकारितामा पनि उत्तिकै प्रख्यात नाउँ हो । साझा प्रकाशन सञ्चालक समितिका सदस्यसमेत रहिसक्नु भएका पराजुलीका आधा दर्जन कथा सङ्ग्रह, एउटा उपन्यास, एउटा कविता सङ्ग्रह तथा कयौँ पुस्तकहरू सम्पादन गरिसक्नु भएको छ ।