साहित्यपोस्ट-नपढी सुखै छैन...

मधुसुदन घिमिरे

कवि1 रचनाहरू

बाग्लुङ्‌मा जन्मनुभएका मधुसुदन घिमिरे कीर्तिपुरस्थित एकीकृत विद्यालय, लेबोरेटोरीबाट औपचारिक शिक्षा शुरू गर्नुभएको हो । रेडियोबाटै साहित्यिक संगत पाउनुभएका उहाँले आफ्ना रचनाहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशन-प्रसारण गर्दै आउनु भएको छ । घिमिरेका केही गीतहरूसमेत रेकर्ड भएका छन् ।

उहाँल सन् २०१९ देखि २०२२ सम्म रेडियो कार्यक्रम ‘मुक्तक आयाम' सञ्चालन गर्नुभएको थियो भने सन् २०२३ मा Gobal Ugrad exchange program मा छनोट भएर संयुक्त राज्य अमेरिकास्थित मिजुरी स्टेट युनिभर्सिटीमा केही समय अध्ययन गर्ने अवसर पनि पाउनुभयो । त्यसैगरी दृष्टिविहीनहरूका लागि सूचना प्रविधिका माध्यमबाट योगदान पुर्याएबापत उहाँ ‘ब्लाइन्डरक’ नामक संस्थाबाट सम्मानित समेत हुनुभएको छ ।

मनोविज्ञान विषय लिएर स्नातक अध्ययन गरिरहनुभएको घिमिरे मनोसामाजिक विमर्शकर्ताका रूपमा कार्यरत हुनुहुन्छ । पुस्तकको रूपमा उहाँको पहिलो कृति हो – 'मायाको आयतन' । यस कवितासंग्रहले साहित्यपोस्टको नवरत्न काव्य सम्मान प्राप्त गरेको छ ।

‘दिनभरि पानी परिरहन्छ’ काव्यिक झरीमा भिजेको पाठकीय अनुभूति

मधुसुदन घिमिरे
‘दिनभरि पानी परिरहन्छ’ काव्यिक झरीमा भिजेको पाठकीय अनुभूति मधुसुदन घिमिरे
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.