
काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छूट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।
विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।
यस पुनर्जागरण अभियान ज्येष्ठ १ गते देखि २५ गते सम्म लागू हुने बताइएको छ । पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छूटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ ।
सामान्य अवस्थामा बीमालेख व्यतित रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छूटको सेवा सुविधा लिई व्यतित बीमालेख नवीकरण गरी मौकाको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्न जीवन बिमा अनिवार्य रहेको छ। ग्राहकवर्गहरुले संस्थाको देशैभरि रहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सक्नुहुनेछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

