
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ बर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरूले सिजी डिजिटलका उत्पादनहरूको रु. २०,००० को खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पिओएस वा अनलाइनमा भुक्तानी गर्दा रु. २,००० को क्यासब्याक पाइने बताइएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु हुने बताइएको छ ।
अब एनएमबिका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा अच्चमको अफर
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ बर्षको लागि नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकका ग्राहकहरूले नेपालको अग्रणी अनलाइन दराजबाट समान खरिद गर्दा १०% वा रुं. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउन सक्नु हुने बताइएको छ ।
यो योजना चैत्र २८ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु बताइएको छ ।
e-NMB फोन पे स्क्यान टु पे गज्जबको अफर
एनएमबि बैंकको ग्राहक महानुभावहरुले e-NMB एप बाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १०% वा रु.१०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलीकप्टर चढी सगरमाथा सम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ ।
उक्त छुट प्रप्त गर्नका लागि ग्राहक महानुभावहरूले आफ्नो e-NMB एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ ।
यो योजना चैत्र २९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु हुने बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
एनएमबिका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट सामान खरिद गर्दा पहिले भन्दा धेरै सस्तो
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ बर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहकले नेपालको अग्रणी अनलाइन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २०% वा रुं. २,००० सम्म छुट पाउन सकिनेछ ।
यो योजना चैत्र २९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु हुने जानकारी गराइएको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १३९ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
