एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरूको उपस्थितिमा यही मिति २०८० पौष २६ गते, विहीबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरूले आ–आफ्नो विचारसमेत व्यक्त गर्नु भएको थियो ।
साधारण सभामा पूर्वघोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरूका तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित हुनु भएको छ । यसैगरी, सर्वसाधारण शेयरधनीहरूको समूहबाट उत्तम भ्लोन, शिरीशकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित हुनु भएको छ । एफएमआईका तर्फबाट श्री निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरासमेत सभामा जानकारी गराइएको थियो ।
बैंकको २०८० असारसम्ममा खुद नाफा रु. ३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।
बैंकले हाल देशभरि २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।