म हराउँदा उनी खोज्थे मलाई, म जब देखा पर्थें अखबारमा, त्यसपछि उनी मलाई कि त फोन गर्थे, कि त हुलाकमा खसाल्थे बैरङ चिट्ठी । म जो थिएँ त्यसबेला एउटा हुलाकी ।

एक पटक मैले उनलाई एउटा चिट्ठी पठाएँ उनी काम गर्ने साना किसान विकास आयोजना कार्यालय मधुमल्ला मोरङमा । चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर । धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे । कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो ।

कवितासँगै त्यो चिट्ठी जसै मेरो हातमा आएपछि लहडमैं लेखेँ यी पंक्तिहरु प्रियसीको सम्झनामाझैं । अनि पठाएँ साथीको ठेगानामा र राखें डायरीका पन्नामा यसरी–

लामो प्रतिक्षापछि तिम्रो चिट्ठी पाएँ
हर्षले गद्‌गद‌्‌ भो,मन जसै थुम्थुमाएँ
बेचैनी ,छटपटी र खटपटी बढिरहेथ्यो
औषधि– त्यही चिट्ठीलाई बूटी बनाएँ र लाएँ ।

अहिले हेर्दैछु –हिरा आकाशको हस्तलिपी चिठ्ठी-

‘तपाईं अहिले कहाँ हुनुहुन्छ?’
‘घरमै छु!’
‘बस्दै गर्नुस् है!’
– – – 
‘तपाईंले लेख्ने गरेको डायरी निकाल्नुस् त!’
‘अहिले म डायरीमा लेख्तिनँ त! जमाना ल्यापटपमा पुगिसक्यो, तपाईं डायरी खोज्नुहुन्छ,’ मैले भनेँ ।
‘पुरानो भए पनि हुन्छ ।’

मैले कलम र डायरी निकालें ।

‘ल, लेख्नुस् त!’
 – – –
२०७१ साल कार्तिक १ गतेदेखि निबन्ध लेख्न सुरु गर्नेछु ।

२०७१ साल कात्तिक महिनाभित्र कवि हिरा आकाश सम्बन्धी संस्मरण लेख्नेछु ।
. . . 
‘अब ?’
‘पुछारमा तपाई सही गर्नुस्!’
‘किन नि?’
‘सही गर्नुस् न!’
 . . . 
यसरी ठट्यौले अनिल पौडेलले हिरा आकाशबारे लेख्न बाध्य पारे ।

एक पटक त मभित्रको दमित उग्र मनलाई सतहमा ल्याएँ, आदेश र आवेशमा किन लेख्ने? तर ,आदेश थिएन यो मेरा लागि । मेरो प्रिय मित्र हिरा आकाशका बारे लेख्नु मेरा निम्ति एउटा अवसर थियो ।
उनका बारे केही लेख्न नपाएकोमा खिन्न मन यतिबेला निकै जाँगरिलो भएको छ तर म भने नजानिँदो गरी दु:खी भएको छु ।

+  +  +

हिरा आकाशको नागरिकताको नामसँग म परिचित रहिनँ तर कविसँग मेरो सम्बन्ध २०४२ सालदेखि सुरु भएको हो ।

मलाई हिजो आज पनि एउटै कुराले पिरोलिरहन्छ- दर्जनभन्दा बढी, मेरा घनिष्ट मित्र कोही भएनन्, किन?

दुखद् तर इमान्दार भएर भन्नुपर्छ दश जना मेरा अन्तरंग मित्रहरूभित्र, र पनि कवि हिरा आकाश पर्न सकेनन् ।

कहिलेकाहीँ नछोएरै पनि जून कम्ति प्रिय लाग्दैन, नदेखेरै पनि हावा कम्ति शीतल लाग्दैन । तैपनि, हिरा आकाश मेरो जून थियो, हावा थियो– जसले मलाई ऊर्जा दिइरह्यो आजसम्म ।

हिरा , प्रगतिशील धारको कवि जो कहिल्यै सत्ताको पछि लागेनन् । राजनीतिका पछि कवितालाई कुदाएनन् । बरु,राजनीति भन्दा अघि–अघि हिँडे । प्रगतिशीलतालाई कलाले छोपे, सिँगारे । कला कलाको लागि हो भन्नेहरूलाई अनि भाषण वा नारा मात्र साहित्य हो भन्नेहरूलाई जवाफ दिए । हिराका कवितासँग नारा पर पर भाग्थे । कवितालाई उनले चाकडी र चाप्लुसीबाट टाढै राखे । सत्ताको ताबेदारी जो भनिन्छ- बाट उनी टाढै रहे । मादकपनकै कारण उनको मुख बांगिदा पनि कसैका सामु उनको स्वाभिमान बांगिएको मैले थाहा पाइँन ।

जीवन जिउन सिकाउने केही गुरु मध्ये हिरा आकाश पनि एउटा गुरु हुन्- मेरा । थाहा छैन म चेलो बनेको उनले पत्तो पाए पाएनन्?

झापामा हिरासँगै देखा परेका कविहरूमा प्रकाश बुढाथोकी, दुर्गा दाहाल, कृष्ण धराबासी र अमृतलाल श्रेष्ठ लगायत थिए । प्रकाश लगायतका कविहरू क्विता–कर्ममैं रहे पनि धराबासी सायद कवितासँग सँगै हिँड्न नसकेर होला आख्यानको पहाड चढे । तर हिराले गम्भीर विषयमाथि सरल भन्दा सरल शब्द–शैलीले कविता बुन्न छाडेनन् । उनका नेलसन मण्डेला र आगो जस्ता कविताले राम्रै चर्चा बटुले । कविता लेख्नेहरूको मनभित्र उज्यालो  हुनुपर्छ, कविको छाती फराकिलो हुनुपर्छ भन्ने उदाहरण पनि मेरानिम्ति हिरा आकाश नै हुन् । जसले बाहिर मीठो बोल्ने अनि भित्र–भित्रै कैंची चलाउने काम गरेको कमसेकम मलाई थाहा छैन । सँगै हिड्नेहरुलाई हिड्न हौस्याइरहे । हिँड्न नमान्नेहरूलाई घच्घच्याइरहे । हिँड्न नसक्नेहरूलाई डोर्याइरहे । चौतारीमा सँगै बस्न प्रेरित गरिरहे । तर खुट्ठा तान्ने काम गरेनन् । त्यसो त झापाली साहित्यकार हुनुको परिचय जो उनले जीवनभरि दिइरहे ।

चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर । धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे । कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो ।

म सम्झन्छु उनका कविताको क्रेज जस्ले गोष्ठीलाई गम्भीर र उद्धेलित बनाउँथे ।

हिराले आफूलाई वेइमानी गरेको धेरै पटक मलाई थाहा छ तर जसो तसो मञ्चमा पुगेपछि उनले कवितालाई अन्याय गरेनन् । त्यही भएर कविता वाचन गरेपछि उनका फ्यान ह्वात्तै बढथे । उनी जति प्रिय थिए नेपालमा त्यो भन्दा बढी भारतीय नेपाली भाषीहरूमाझ झन् लोकप्रिय थिए ।

मैले उनका बारेमा जानेको र बुझेको सत्य यही हो- हिराले कवितालाई एउटा उचाई दिए यद्यपि कविताले हिरा आकाशलाई दिनुपर्ने उचाइ नदिएकै हो ।

कहिलेकाँही उनलाई सोध्थें- मित्र, जीवन के हो ?

संघर्ष- सजिलै उत्तर दिन्थे ।

मलाई संघर्ष भन्ने बित्तिकै १०४ डिग्री ज्वरो चढ्थ्यो मनमा ।

दुर्भाग्य नै भन्नुपर्छ त्यो समय मसँग संघर्ष भन्दा बढी समर्पणले हिमचिम बढायो । तर हिरा सधैं उन्नत र असल जीवन जिउन ढाडस दिन्थे । अधिकारको निम्ति संघर्ष गर्न सान लगाइरहन्थे– मेरो निराश मनःस्थितिलाई ।

मेरा अन्य मित्रहरूले थाहा पाए पाएनन् कुन्नि, उनी नजिक नबसेर पनि मेरो निराश जिन्दगीको वह पोख्ने एउटा गन्तब्य थिए । मेरो उदासिनतालाई सिर्जनामा रमाउन हौसला दिने इमान्दार मित्र थिए ।

यी पंक्ति लेख्न बस्दा पनि मभित्र कुरा खेलिरहन्छ । बिरामी हुनुभन्दा पहिल्यै उनले लेखेको चिट्ठी देखाउँदै उनलाई भेटेर यतिसम्म त सबाल गर्थेें होला म– साथी, यति लापरबाही पनि जिन्दगीलाई छोड्नुहुन्थ्यो र ?
तर अब, असम्भव कुरा शब्दमा उतारेर सन्तोष लिनु शिवाय उपाय केही पनि रहेन ।

म हराउँदा उनी खोज्थे मलाई, म जब देखा पर्थें अखबारमा, त्यसपछि उनी मलाई कि त फोन गर्थे, कि त हुलाकमा खसाल्थे बैरङ चिट्ठी । म जो थिएँ त्यसबेला एउटा हुलाकी ।

एक पटक मैले उनलाई एउटा चिट्ठी पठाएँ उनी काम गर्ने साना किसान विकास आयोजना कार्यालय मधुमल्ला मोरङमा । चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर । धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे । कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो ।

कवितासँगै त्यो चिट्ठी जसै मेरो हातमा आएपछि लहडमैं लेखेँ यी पंक्तिहरु प्रियसीको सम्झनामाझैं । अनि पठाएँ साथीको ठेगानामा र राखें डायरीका पन्नामा यसरी–

लामो प्रतिक्षापछि तिम्रो चिट्ठी पाएँ
हर्षले गद्‌गद‌्‌ भो,मन जसै थुम्थुमाएँ
बेचैनी ,छटपटी र खटपटी बढिरहेथ्यो
औषधि– त्यही चिट्ठीलाई बूटी बनाएँ र लाएँ ।

अहिले हेर्दैछु –हिरा आकाशको हस्तलिपी चिठ्ठी-

मधुमल्ला
२३चैत्र २०४४
बद्रीजी! अभिवादन!
हिजो साँझ तपाईंको उदास पत्र आइपुग्यो सम्झनाका चिलाउने बोकेर । अहिले त्यही  चिलाई मार्दैछु । सञ्चो भएको अनुभव गर्दैछु ।

भिखारी जी!
पत्रमा तपाईं साह्रै उदास देखिनुहुन्थ्यो । उदास मात्र होइन निराश पनि । मित्र, एउटा कुरा भनु,यो संसारमा समयले जसलाई पनि (बिशेषतःतपाईं हामी जस्तालाई )नराम्रो सित थप्पड हानेको छ । सुमसुम्याइदे कसलाई भन्नु?

फेरि त्यसमाथि तपाईं एउटा कवि । कविले निराश हुनु हुदैन । मेरो विन्ती बद्रिलाई ,उसले नैराश्यताका कविता नलेखोस् ।

कवितामा निराशता नपोखोस् ।हामी त संघर्ष सँग जुद्धै जाने मान्छे, निश्चय पनि निराशतासँग पनि हाम्राो जम्काभेट हुन्छ तर निराशताको  हामी दास हुनुहुँदैन । के हामी दास हुन जन्मेका हौं  त? निश्चय पनि होइनौं होला । यसर्थ आफूलाई अलिक संयम बनाउनु होस् ।

पत्रानुसार आजभोलि तपाईंको मनस्थिति अलि स्थिर नभए जस्तो बुझिन्छ । आफूलाई एकान्तमा राख्नु सट्टा व्यस्त रहने प्रयास गनु होस् । समय परिवर्तनशील छ, दिउँसो घाम जतिसुकै चर्के पनि साँझपख त्यसले सेलाउनै पर्छ । हामी यसैमा आश्वस्त होऊँ ।

कुशल छु, कुलताको कामना गर्छु । उपेन्द्र दाइ ,निवासजीलाई मेरो अभिवादन पुर्‍याइदिनु होला । बैसाखको दोश्रो हप्तातिर ‘मंथन’ले भानुको रजत जयन्ती मनाउँदैछ ,निम्तो आउने छ, आउनु होला ।

–बैसाख ३०/३१ गते धुलाबारीमा महानन्द पुरष्कार समारोह छ,त्यसमा पनि आउनुहोला । अरु त यो मधुमल्ला यस्तै छ –

दुई दिनसम्म मस्त मातेर मधुमल्ला
पाँच दिनसम्म लम्पसार पर्छ
फेरि एकैचोटी आइतबार बौरिन्छ
र बाटोभरि ढाकर फिंजाएर
रातभरि धाननाँच नाँच्दछ
औ बिहान सखारै उठेर
नूनसँग घ्यू साट्दछ
कठै यो मोरङको पुरानो बजार
अरुलाई प्रमोशन गरेर
आफूभने डिमोशन भैरहेछ ।

नयाँ वर्ष २०४५ को शुभकामनासहित
तपाईंको मित्र
हिरा आकाश

हिरा आकाश, जसले कवितालाई आफ्नै गोरेटोमा हिँडाए, तर हिरा पराजुलीलाई भने कुन्नि किन हो, हरिभक्त कटुवालको पथमा धकेले । किन धकेले अब,यो प्रश्नको जवाफ उनले कहिल्यै दिने छैनन् ।

+  +  +

२०५६ सालपछिका करिब १२ वर्षसम्म साहित्यसँगको मेरो सम्बन्ध बिच्छेद भएको थियो । त्यो बीचमा कवितालाई प्रेम गर्ने उनी र मबीच भेट भएन । अहिले कवितासँग चिसिएको सम्बन्ध प्रेमालापको चरणमा पुगिसकेको छ मेरो । विडम्बना नै भनौं चाहेर पनि तर, हिरासँग कहिल्यै भेट हुने छैन ।

हिरा आकाश सामान्य बिरामी भएको थाहा पाएको थिएँ । तथापि गम्भीर बिरामी भएको थाहा थिएन मलाई । एकैचोटी टेलिभिजनका पर्दामा मुख्य समाचारभित्र उनको मृत्युको खबर समुद्रका लहरझैं बग्न थालेपछि पो पश्चातापको भुँवरीले छोप्यो मलाई ।

हो, बिरामी हुँदा भेट्न नपाएपछि मृत्युमा मलामी जान मन लागेन र गइँन । किनभने जिउँदो हिरा आकाश त्यहाँ हुदैनथ्यो । फगत् हिरा आकाश नामको लाश हुन्थ्यो जोसँग मेरो संवाद नै हुँदैनथ्यो । संवादबिहीन हुन त्यसैले, त्यहाँ गइनँ ।

थाहा नपाउन्जेलसम्म त ठीकै हो । थाहा पाएर पनि तर बाँचुञ्जेल, अझ बिरामी हुँदा भेट्न नजाने, कुनै खोजखबर नगर्ने अनि मरेपछि फलफूलका झोला र सजाइएका समवेदनाका पत्र बोकेर जाने संस्कार अहिले हामी अनुसरण गरिरहेछौं । जानेर होस् वा नजानेर त्यो अनुसरण कमसेकम हिरा आकाशको सवालमा मैले गरिनँ गर्न चाहिँन ।

यी पंक्ति लेख्न बस्दा पनि मभित्र कुरा खेलिरहन्छ । बिरामी हुनुभन्दा पहिल्यै उनले लेखेको चिट्ठी देखाउँदै उनलाई भेटेर यतिसम्म त सबाल गर्थेें होला म– साथी, यति लापरबाही पनि जिन्दगीलाई छोड्नुहुन्थ्यो र ?
तर अब, असम्भव कुरा शब्दमा उतारेर सन्तोष लिनु शिवाय उपाय केही पनि रहेन ।

पछि, जीवनको उत्तरार्द्धमा उनको बेपरवाह जिन्दगीको खबर हावाले बेला–बेला मतिर हुत्याउँदा लाग्थ्यो– हिरा, दिन मात्र जान्दारहेछन्, लिन जान्दा रहेनछन् । सम्भवतः उनले मलाई आफ्नो सन्दुक रित्याएर जीवन जिउने बूटी दिइ पठाएछन् क्यारे! जो म अहिले पनि धारण गरिरहेको छु ।

यो बेला अब,खै के भनूँ?
बस् भावनाको दहमा डुबुल्की मारेर लेख्तैछु-

प्रिय मित्र ,
तिमीले पत्याएको तर तिमीलाई माया मारेर बसेको म, आज पश्चातापको भुँवरीबाट चिट्ठीमा तिम्रा हस्तलिपी उतारेर’ नेल्शन मण्डेला’लाई साक्षी राख्तै  ‘आगोका फूलहरु’ तापिरहेछु ।

सम्झ- यो पनि एउटा कृतघ्न मित्रका तर्फबाट ढिलै भएपनि तिमीले पाएको सम्झौटो हुनेछ ।