
हेटौँडा, कार्तिक ६/ थाहा सञ्चार नेटवर्कद्वारा११४औँ महाकवि देवकोटा जयन्ती हेटौँडामा विशेष कार्यक्रम साथ आयोजना गरेको छ ।
कार्यक्रममा भावना सापकोटा, सुवास खनाल, ऋत्वीक केबी, स्वस्तिका दाहाल, देवराज खरेल, छवि अनित्य, अनिता न्यौपाने, जनार्दन खनाल, हरि पौडेल, पुरूषोत्तम आचार्य, रविन्द्र कार्की, माधव पोखरेल, निमेष निखिल, हयग्रिव आचार्य लगायतका सर्जकहरूले विविध विधाका रचना वाचन गर्नु भयो भने समीक्षक घनश्याम घिमिरेले देवकोटा बारे लुकेका विषयहरू बारे समेत चर्चा गर्नुभयो ।
हास्यव्यङ्ग्यकार रिजाल, सिस्नुपानी मकवानपुर अध्यक्ष राजकुमार लामिछाने र संप्रस पौडेलले हास्यव्यङ्ग्य रचना वाचन गर्नुभयो ।
कार्यक्रम थाहा कृषि बाटिकामा आयोजित कार्यक्रम अरूणराज सुमार्गीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि वरिष्ठ हास्यव्यङ्गयकार आर.सी. रिजाल रहनु भएको सो कार्यक्रम मिडियाकर्मी राम अविकासले सञ्चालन गर्नु भएको थियो ।
रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले सिस्नुपानी मकवानपुरसँग समन्वयमा कार्यक्रम गर्न चाहेको समेत बताउनु भयो ।
कार्यक्रम थाहा रेडियोको हेटौँडा र काठमाडौँ स्टेसनबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।
विविध साहित्यिक गतिविधिमा सकृय थाहा सञ्चारले हरेक वर्ष देवकोटा जयन्ती कार्यक्रम गर्दै आइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
११५ औं देवकोटा जयन्ती तथा अनेसास पुस्तक पुरस्कार वितरण समारोह भर्जिनियामा हुने
१५ असार २०८३, सोमबार 








