महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समिति भद्रपुर ९ चन्द्रगढीले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
समितिले काव्य पुरस्कार वितरण, स्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता गोष्ठी सम्पन्न गरेको हो ।
समितिका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार घनेन्द्र शर्मा र विरही अधिकारीलाई स्व.मनोरथ दाहाल स्मृति काव्य पुरस्कार, पत्रकार राजबाबु शङ्कर र साहित्यकार तीर्थराज चापागाईलाई स्रष्टा सम्मान, तथा रफत प्रबिन र राजेस राईलाई शैक्षिक उन्नयन पुरस्कार हस्तान्तरण गरिएको थियो ।
संस्थाका सचिव राजु बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष खड्गप्रसाद दाहालले गर्नुभएको थियो भने बाल कवि गोष्ठीसमेत आयोजना गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

