
शताब्दी पुरुष सत्यमोहन जोशी
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव, आजीवन सदस्य एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।
कुलपति उप्रेतीले बुधबार सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल तथा प्राज्ञ सभा सदस्य एवम् सञ्चार संयोजक शशी लुमुम्बूसहित ललितपुरको इमाडोलस्थित किष्ट अस्पताल पुगेर वाङ्मय शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै प्रज्ञा–प्रतिष्ठाका तर्फबाट उहाँको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
वाङ्मय शताब्दी पुरुष जोशीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि माघ २५ गते उपचारका लागि किष्ट अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









