बाबु, बस न, मेरो छेउमा…
हुँदैन बा, नीलगगन छुने रहर छ।
स्वतन्त्रताका पखेटा फिँजाएर
जीवनको आकाशमा उड्नु छ मलाई।
रित्तो भकारीको अँध्यारो कोठाभित्र
मुसा भएर जीवन कैद गर्न सक्दिनँ म।
भकारी मात्र होइन,
मनको क्षितिज पनि टन्न भरिनुपर्छ।
ए बाबु, बस न, मेरो हात समाएर…
हुँदैन बा, बाँधिन सक्दिनँ
भकारीको साँघुरो सीमाभित्र,
मलाई त नीलगगनमै उड्नु छ।
ए नानी, तिमी त बस न…
आहा, सक्दिनँ बा।
आमाको ममताभन्दा ठूलो
के होला र संसारमा?
त्यो वात्सल्य छेउमा नभेटिँदा
स्वर्ग पनि अधुरो लाग्छ।
तर, बुझ्ने कोसिस गर्दा-
आहा, कति मधुरो सत्य!
जब बुझिन्छ,
आमा पनि बाबै हुन्,
बाबा पनि आमै हुन्
तर बा छैनन्।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 




