हिजो पत्थर देख्दा-देख्दै,
फूलझैँ मुस्कुरायो कुन कुनामा—किन?
आज फूल सम्झँदा,
पत्थर बन्यो आफैँभित्र—किन?
दृश्य फरक भए पनि,
मौनताले त्यस्तो कथा बुन्छ।
कला र आकृतिहरूले
कतै गुलाबझैँ सुगन्ध वर्षाउँछन्,
कतै पलासको बतास छाउँछ।
कठिन छ छुट्याउन—
कुन फूल कस्तो भनी।
भगवानका रङ्ग प्यारा,
मानिसका रङ्ग बुझ्न सजिलो कहाँ?
पातले पातलाई छोप्छन्,
झरीले जमिन भिजाउँछ,
जसरी हृदयले हृदयलाई बुझ्छ,
र मौनताले मौनतासँगै कुरा गर्छ।
प्रत्येक पत्थरले फूलको कथा बोकेको छ,
र प्रत्येक फूलले पत्थरको मौनता सजाएको छ।
यस संसारमा,
रङ्ग र मौनता सधैँ एक-आपसमा गुँथिएका छन्,
जसरी जीवन र समय सँगै बग्दछन्।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 




