भ्रष्ट स्त्रीले पनि सद्गुण सिक्छिन्, सीता भेटेपछि
कतै नबिटुलिएको उनको, अस्मिता भेटेपछि
कुलती थुप्रोमा मासु मदिराको, भोज गरे पनि
रावण राम पो बन्छ मनैबाट, गीता भेटेपछि
समरबाट बाँचेर छोरो, बल्ल घर छिरेको छ
अब सयौँ वर्ष बाँच्छु भन्छ आफ्नो, पिता भेटेपछि
दाजुभाइ हल बाँधी, बजार निस्के नि घरबाट
भाइलाई छाडी हाल्यो नि बाटैमा, निता भेटेपछि
केही दिनको मिल्ती अनि, अंशकै निहुँमा झगडा
मख्छ छन् आज आफ्नै धनीपुर्जा र, कित्ता भेटेपछि
परिवार इष्टमित्र सबै, साथैमा रहेर पनि
आफ्नै शरीरले त छोड्छ आखिरी, चिता भेटेपछि
–
गोदावरी न.पा., ललितपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 




