काठमाडौं । मनोहरा साहित्य समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटा विशेष कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा पेप्सीकोलास्थित ग्लोबल पब्लिक स्कुलको सभाहलमा ९४ औं साहित्यिक शृङ्खला सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लेखनाथ पुस्तकालय झापाका अध्यक्ष कृष्ण सुवेदी निराकार हुनुहुन्थ्यो भने विशेष अतिथिहरूमा साहित्यकारहरू प्रतीक ढकाल र गोविन्द घिमिरे ‘वेदमणी’ हुनुहुन्थ्यो ।

संस्थाका कोषाध्यक्ष खोलाघरे साहिंलोले सञ्चालन गर्नुभएको कार्यक्रममा स्रष्टाहरूले देशभक्ति, वीर रस, जीवन जगत्का छन्द, गद्य र पद्य सिर्जनाहरू वाचन गर्नुका साथै महाकवि देवकोटाको ११६ औं जन्मजयन्तीका अवसरमा घतलाग्दा किस्सा र कहानीहरूको चर्चा गरिएकोथियो ।

सिर्जना वाचन गर्नुहुने स्रष्टाहरू डिल्लीराज आर्याल, सञ्जय सोती, भावकेशर बराल, एमपी पाण्डे, भावना न्यौपाने, नूरदेव खनाल, सम्पत् काफ्ले, ओम प्रकाश आचार्य, डा. टिपी बाराकोटी, अशोककुमार लामिछाने, अर्पण आर्याल, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, चिरञ्जीवी रेग्मी, उत्तम भट्टराई, विजया बस्नेत, राजेन्द्र कुमार बज्राचार्य, चन्द्र मादेन आन्छेन, मनिष हेल्लोक, डिबी पालुङ्वा र गोविन्द घिमिरे वेदमणी हुनुहुन्थ्यो ।