
१. सरकार
विकृत पु..लिङ्गले
तेरा छोरीहरूको अस्तित्वमा धावा बोल्नु अघि
आत्मसुरक्षाको प्रयोगात्मक शिक्षा
अनिवार्य गर
याद राख
समय सधैं तेरो मुठ्ठीमा नहुन सक्छ ।
२. अनुमती
विकृत मनोविज्ञानहरू
अनियन्त्रित बान्ता गर्दैछन्
सरकार !
दुर्गन्ध फैलिनु अघि
अनुमती दिनु रातो बत्ती क्षेत्रको ।
३. जेन्टलम्यान

मीरा प्रसाई
धरामा पदार्पण हुनु पूर्वको
आफ्नै घर पाठेघर
आफ्नै हातले
भत्काउन सक्ने पुरुष
कसरी हुन सक्छ जेन्टलम्यान ?
अङ्ग्रेज
अब तैँले बदल्नु पर्छ
तेरो डिक्सनेरीमा जेन्टल्म्यान को अर्थ ।
४. उपहार
म तिमीलाई
मेरो यौनी र स्तन काटेर उपहार दिन्छु
मन लाग्दो गर
दार टोक निल्छौ भने बरु सिनित्तै निल
चाहे खल्तीमा राख
चाहे आफैं भित्र राख
भोक लागेको बेला खाउ पिउ रमाऊ
कसरी दिउँ भन
रगत पुछेर दिउँ कि
रगताम्य ?
हाल – बेलायत



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 







