
सिद्धिचरण श्रेष्ठ

युगकवि सिद्धिचरण श्रेष्ठ
नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी नै होस् तर छु बहुतै दीनमाथी दयालु
तातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार
मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार।
शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव
दीक्ष यै हो परहित गरूँ आखिरी श्वाससम्म
ज्वाला दन्कोस् दनदन जहाँ मृत्यु आई फुकेको
अत्याचारी यदि छ त कहिँ माथ नै ताक्छु त्यस्को।
ड्याङ्ड्याङ् डुङ्ड्ङ् गरि प्रलयका मेघ बाजा बजाई
कालो-नीलो गगनभरको दैत्य आकार ल्याई
राकून् बाटा रिपुहरु मिली केही सङ्काच मात्र
आत्मा मेरो अमर छ बुझ्यौ अस्त कैले म हुन्नँ।
गोली लागी पटपट फुटास् देहको अङ्ग-अङ्ग
छाला टाँगी वदन सब होस् मासुको मात्र पुञ्ज
बाटो होओस् भतभत उसै पोलिने बालुवाको
देशद्रोही यदि छ त कहिँ माथ नै ताक्छु त्यस्को।
कालो गङ्ग तिमिर बहने पीप या मूत्र विष्टा
घेरोस् चारैतिर तर पनी खुब मानी सुबिस्ता
पौडी खेल्दै सहज रिपुको देशमा बोल्छु धावा
नेपाली हूँ कठिन भमरी फोर्नलाई चनाखा।
हाँसी हाँसी विपुल दुःखको गर्तमा फाल हाली
कालै आओस् त पनि खुसीको हर्षगाना सुनाई
बढ्नेछु के डर मरणको एकबाजी सबैले
मर्नै पर्ने बुझ प्रकृतिको ऐन हो देह फेर्ने।
प्रस्तुतिः शरद प्रधान



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










