घडीको सुईले रातको बाह्र नघाइसकेको छ । म ओछ्यानमा पल्टिएकी छु । मभित्र बग्रेल्ती कुराहरूको भेल उर्लिएको छ ।

कहिले दायाँकोल्टे फेर्छु । कहिले बायाँकोल्टे फेर्छु । तैपनि मनमा शान्ति छैन ।

आज अचानक यस्तो छटपटी किन ? यो तनमा यति तीव्र प्यास किन ?
शरीरको तपक्रम बढ्दो छ । गर्मीको आभास भइरहेको छ । शरीरमा हाफ भेस्ट र क्वाटर टाइपको पातलो निलो रङ्गको
सुरुवाल छ । गर्मीले शरीर तातेको छ । शरीरमा भएको यही कपडा पनि खोलेर फालूँजस्तो लाग्दैछ । म जुरुक्क उठ्छु र
झ्यालको पर्दा हटाउँछु । झ्यालबाहिरको दृश्य प्रस्ट देखियो । जुनेली रात छ । जूनको उज्यालो सडकभरि छरिएको छ ।

निरजराज सुवेदी

घरअगाडिको कालोपत्रे सडक शून्य छ । सडक एक्लो छ । नितान्त एक्लो । यो सडक हरेक रात यसरी नै एक्लो हुन्छ । जसरी

म एक्ली छु । छेउकै झ्यालको खापा खोलिदिन्छु । सरर्र शीतल बतासकोठाभित्र प्रवेश गर्न थाल्छ । यी शीतल बतास
यसरीकोठाभित्र प्रवेश गर्दैछन् कि मानौँ निकै लामो समयदेखि प्रवेशको प्रतीक्षामा झ्यालबाहिर छटपटिँदै बसिरहेको होस् ।
जसरी म उसको मनभित्र प्रवेश गर्न छटपटिरहेकी छु । हो ! सदा सदाका लागि मलाई उसको मनको सिंहासनमा बस्ने इच्छा
छ । जीवनका हरेक पल उसको न्यानो अँगालोमा बिताउने इच्छा छ तर विडम्बना, सबै इच्छाहरू मभित्रै गुम्सिएर बसेका छन्

। आफ्ना इच्छाहरू ऊसामुन्ने व्यक्त गर्न सकिरहेकी छैन । व्यक्त गर्ने साहस जुटिररहेको छैन । साहस जुटाउने प्रयास
नगरेकी पनि होइन । पटक पटक प्रयास गरेकी छु तर मेरा हरेक प्रयासहरू असफल नै भइरहे । फेरि पनि ऊप्रतिको आशा
मरेको छैन । मलाई थाहा छ, सच्चा मनले गरेको चाहना एकदिन अवश्य पूरा हुन्छ ।

मलाई ऊ असाध्यै मन पर्छ । उसको उज्यालो अनुहारले लोभ्याउँछ । उसको मिठो मुस्कानले मोहित बनाउँछ । उसको हेराइमा

अनौठो आर्कषण छ । जब–जब ऊ मेरा सामुन्ने पर्छ तब–तब म लाजले भुतुक्क हुन्छु । शरीरमा अनायासै काउकुती लागेको
आभास हुन्छ । मन चञ्चल हुन्छ । मलाई यस्तो लाग्छ कि दौडिएर जाऊँ र जीवनभर नछुट्टिने गरी उसलाई आफ्नो
अँगालामा कसूँ । फेरि तुरुन्तै म सम्हालिन्छु । होसमा आएझैँ हुन्छु । अनि उसको इसाराको पर्खाइमा बस्छु । मलाई आशा छ,

एकदिन उसले आफ्ना दुवै हात फैलाएर मिठो मुस्कानका साथ मलाई आफ्नो अँगालोमा बोलाउनेछ । म दौडिएर जानेछु ।
उसका बलिया पाखुराले अँगालोमा बेर्नेछ । मेरा अधरसँग उसको अधरको स्पर्श हुनेछ । मायाको बर्सात हुनेछ । प्रेमको मिठो

सुवास फैलनेछ । सुस्त–सुस्त म उसका लागि खुल्दै जानेछु । हामी दुवै एकअर्कामा सर्मपित हुनेछौँ । जुनेली रात हुनेछ ।
दुवैलाई एकअर्काको साथ हुनेछ । मीठा–मीठा बात हुनेछ । वासनाको मन्द ताप हुनेछ । तिर्खाएका दुई आत्माको सुखद यात्रा

हुनेछ । अचानक नजिकै कतै कुकुर भुकेको आवाजले मलाई कल्पनाको संसारबाट तानेर वर्तमानमा ल्यायो । म झसङ्ग भएँ
अनि बल्ल होसमा आएँ । फेरि उही शून्यता छायो फेरि उही एक्लोपन ।

छ्या ! म पनि कस्ता–कस्ता कुराहरूको कल्पना गरिरहेकी होली । त्यो पनि एउटी नारी भएर तर एउटी नारीले त्यस्ता
कल्पनाहरू किन गर्न नपाउने ? त्यस्ता सपनाहरू किन देख्न नपाउने ? त्यस्ता कल्पनाहरू गर्न पाउँदैन, त्यस्ता सपनाहरू देख्न

2
पाउँदैन भनेर कुन कानूनमा लेखिएको छ र ? जब एउटा पुरुषले नारीको पिँडुला, तिघ्रा, कम्मर, छाती, गाला, ओठ हेरेर
आफूखुसी कल्पना गर्न पाउँछ भने एउटी नारीले पुरुषको टुप्पीदेखि पैतालासम्म हेरेर आफूखुसी सोच्न किन नपाउने ?
आफूखुसी कल्पना गर्न किन नपाउने ?

के नारीहरू मान्छे होइनन् र ? नारीहरूको मन हुँदैन र ?

जब एउटा पुरुषले चाहेको समयमा, चाहेको स्थानमा, चाहेको तरिकाले स्वतन्त्र रूपमा आफूलाई प्रस्तुत गर्न पाउँछ भने नारीले चाहेको समयमा, चाहेको स्थानमा, चाहेको तरिकाले स्वतन्त्र रूपमा प्रस्तुत गर्न किन नपाउने ? नारी भएकै कारण त्यस्ता कुराहरूबाट किन वञ्चित हुनुपर्ने ? कसैलाई मन पराउनु अपराध होइन । मन पराउनु स्वतन्त्रता हो, अधिकार हो । मेरो मनले पनि कसैलाई मन पराउन सक्छ । आखिर मनको अगाडि कसको नै जोर चलेको छ र ? यही मनकै कारण याहाँ कस्ता कस्ता मै हुँ भन्नेहरूकोसमेत पाइला डगमगाएको छ अनि म तुच्छ एक मनुवाको के नै जोर चल्छ र ? मेरो पनि मन नै हो । मेरो मनले पनि कसैलाई मन पराएको छ ।

हो ! म सूरजलाई मन पराउँछु तर उसले मलाई मन पराउँछ, पराउँदैन थाहा छैन ।

यो मन पनि बडो अचम्मको छ भन्या । कति सजिलै अरूलाई मन पराइदिन्छ । मन परेको मान्छेको तस्बिर आफ्नो दिलमा
सजाइदिन्छ । चाहे त्यो धनी होस्, गरीब होस् । चाहे त्यो कालो होस्, गोरो होस् । चाहे त्यो सानो होस्, ठुलो होस् । चाहे त्यो
विवाहित होस्, अविवाहित होस् तर सूरज पक्कै पनि अविवाहित नै हो । किनकि उसकोमा मैले आजसम्म पनि कुनै
महिलालाई देखेकी छैन । कपडाहरूसमेत सूरज आफैँले धोएर सुकाउने गरेको देखेकी छु । त्यसैले ऊ अविवाहित नै हो तर म के हुँ ? विवाहित या अविवाहित ? मलाई यो प्रश्नले पटक–पटक सताउने गर्छ । पटक–पटक यो प्रश्नले मलाई लखेटिरहन्छ ।
म विवाहित कि अविवाहित ?
म के हुँ ?
म एउटा सुन्दर फूल, कोमल अनि बैँसले चटक्क फुलेकी फूल जो पूर्ण रूपमा फर्कन नपाउँदै कसैको मायाजालमा परेर आफूलाई उसमा समर्पित गरेकी तर सत्य त यो हो कि म मायाजालमा परेकी होइन । पर्न बाध्य पारिएको हो । नत्र सजिलै उसको मायाजालमा परिहाल्ने खालको मान्छे त कहाँ थियो र ऊ । रूपरङ्ग पनि त सजिलै मायाजालमा पारिहाल्ने खालको थिएन विक्रमको ।

हो ! विक्रम हो उसको नाम । उमेरले मभन्दा एघार वर्षले जेठो थियो ऊ । त्यस्तोमा पनि म कसरी परेँ उसको मायाजालमा ।
समयले मलाई तानेर अतीतको दैलामा पुर्‍यायो । पुराना ती अतीतहरू बिस्तारै ताजा हुँदै आयो ।
यौवन अङ्कुरित भइसकेको थियो । जवानीको रङ्ग चढिसकेको थियो । शरीरका अङ्गहरूले आफ्नो आकार परिवर्तन
गरिसकेको थियो । केही समयअघिसम्म समथर मैदानझैँ छाती हिमाली चुचुराझैँ उठिसकको थियो । गालामा लाली
चढिसकेको थियो । अधरभरि गुलाबी रङ्ग पोतिइसकेको थियो । दर्पण प्यारो लाग्न थालेको थियो । घरिघरि आफूलाई
दर्पणका सामुन्ने उभ्याउँथेँ र आफूलाई नियाल्थेँ अनि आफूदेखि आफैँ लजाउँथे । आफ्नै शरीरका अङ्गहरूले आफैँलाई

3
लोभ्याउँथ्यो । जति हेरे पनि हेरिरहूँझैँ लागिरहन्थ्यो । बिस्तारै बिस्तारै प्रशंसाको भोक बढ्दै गयो । त्यो बेलामा मेरो
सुन्दरताको सबैभन्दा ठूलो प्रशंसक विक्रम नै थियो । विक्रम मेरो दाइको मित्र । दाइको मित्र भए पनि दाइभन्दा जेठो नै थियो
। ऊ अक्सर बिदाको दिन पारेर दाइलाई भेट्न घर आउने जाने गर्थ्यो । दाइको कोठामा अबेरसम्म बस्थ्यो । कहिले दाइसँग
कुराकानी गरिहेको सुनिन्थ्यो । कहिले नेपाली आधुनिक गीतहरू सुन्नमा व्यस्त हुन्थ्यो । उनीहरूलाई चिया खाजा बनाएर
दिने जिम्मेवारी मेरो हुन्थ्यो । दाइको कोठामा बज्ने गीतहरू मलाई पनि खुबै मन पर्थ्यो । त्यो कोठामा जुन जुन गीत बज्थ्यो
म त्यही त्यही गीत गुनगुनाउँदै चियाखाजा बनाएर दाइको कोठामा पुऱ्याउँथेँ । त्यसरी चिया खाजा पुऱ्याएबाफत मैले
विक्रमबाट मीठा–मीठा र महँगा–महँगा चकलेटहरू उपहार पाउँथेँ । तिथिमितिको कुरा गर्ने हो भने यस्तै २०४२–४३ सालतिर होला । जतिबेला मेरो उमेरले अठारौँ वसन्तको यात्रा गर्दै थियो । सुन्तले चकलेटमा रमाउने त्यो उमेरमा सुका मोहरभन्दा माथिको चकलेट उपहार पाउनु मेरा लागि चानचुने कुरा थिएन । त्यसैले त म हरेक बिदाको दिन चकलेटको प्रतीक्षामा हुन्थे ।
विक्रमलाई आँगनमा देख्ना साथ चियाखाजा बनाएर दिनै हतार हुन्थ्यो । पछि पछि आफ्नो ताल देखेर आफैँलाई लाज लागेर
आउन थाल्यो । फेरि पनि चियाखाजा बनाएर दिने काम जारी नै थियो तर उपहार लिन भने साह्रै अप्ठेरो लाग्न थालेको थियो
। बिदाको दिन मात्र घरमा आउने विक्रम अरू दिन पनि आउन थाल्यो । यही बहाना उसले मलाई आफ्नो मोटरसाइकलमा मेरो स्कुलसम्म पुर्‍याउने, ल्याउने गर्न थाल्यो तर उसले मलाई घरको ढोकैसम्म कहिल्यै पुर्‍याएन । चारपाँच घर वरै पुर्‍याएर
फर्कन्थ्यो । यो क्रम निरन्तर चल्दै गयो । दिन, हप्ता, महिना हुँदै वर्ष नाघ्यो । पहिले पहिले बाध्यताझैँ लागे पनि पछि पछि
उसकै मोटरसाइकलमा आउने जाने बानी पर्दैगयो मलाई । घरदेखि स्कुल, स्कुलदेखि घरसम्मको सीमा फराकिलो हुँदै गयो ।
विक्रमले अन्त–अन्त घुम्न जाने प्रस्ताव राख्न थाल्यो । घुम्न पाउने लोभमा म पनि विक्रमको प्रस्तावलाई सजिलै स्विकार्न
थालेँ । यही क्रममा एकदिन विक्रमले मलाई चोभार पुर्‍यायो । म चोभारको डाँडामा बसेर प्रकृतिलाई नियालिरहेकी थएँ ।
विक्रम भने नजिकै बसेर मलाई नियालिरहेको थियो । केहीबेरमै ऊ बिस्तारै सरेर मसँग टाँस्सिएर बस्यो । त्यसरी टाँस्सिएको मलाई पटक्कै मन परेन । मन नपरे पनि मैले कुनै विरोध गरिन । चुपचाप प्रकृतिलाई नै नियालिरहें । बिस्तारै उसले मलाई अँगालो हाल्यो । अचानक कुनै गह्रुङ्गो बस्तुले थिचेको अनुभव भयो । मैले कुनै प्रतिकृया जनाइन, मौन रहिरहेँ । मेरो मौनतालाई उसले मेरो स्वीकृति ठानेछ क्यारे । त्यसैले उसले आफ्नो हात मेरो काँधबाट झारेर कम्मरमा पुऱ्यायो । बिस्तारै उसले मेरो गालामा किस गर्‍यो । त्यसरी अँगालो हालेर कुनै पुरुषले मेरो गालामा किस गरेको पहिलो अनुभव थियो । मलाई डर लाग्यो । मैले आफ्नो कम्मरबाट उसको हात हटाएँ । अनि अब जानुपर्छ भन्दै जुरुक्क उठेँ तर विक्रमले भने अझै रोक्ने प्रयास गर्दै थियो । मैले मान्दै मानिनँ । उसको केही चलेन र हामी फर्कियौँ ।

एस.एल.सी.को रिजल्ट आउने दिन थियो । टेन्सनले अनिँदोमै रात बित्यो । रिजल्ट थाहा पाउन त्यो समयमा गोरखापत्रकै
बाटो कुर्नु पर्दथ्यो । दाइ बिहानै उठेर गोरखापत्र लिन गइसक्नु भएको थियो । म दाइकै प्रतीक्षामा थिएँ । जति जति समयको
रफ्तार बढ्दै थियो, त्यति त्यति नै मेरो छटपटी पनि बढ्दै थियो । केहीबेरमै घरको ढोकैमा कुनै मोटरसाइकल रोकिएको
आवाज आयो । मैले हतार हतार बैठक कोठाको झ्यालबाट तन्किएर बाहिर हेरेँ । दाइ आइपुग्नुभएको रहेछ । दाइको साथमा विक्रम पनि थियो । मैले आफूलाई रोक्न सकिनँ । कुदेर घरको मूल ढोकामा पुगेँ । पत्रिका दाइको हातमा थियो । दाइ ढोकाबाटभित्र पस्न नपाउँदै दाइको हातबाट पत्रिका तानेर लिएँ र कुदेर आफ्नो कोठामका पसेँ । ओछ्यानमा बसेर आफ्नो सिम्बल नम्बर खोज्न थालेँ । दोस्रो श्रेणीमा पास भएकी रहिछु । मेरो खुसीको सीमा रहेन । त्यति नै बेला कसैले ढोका

4
ढकढकाएको आवाज आयो । मैले ढोका उघारेँ । ढोकामा विक्रम एकहातमा झोला बोकेर उभिएको थियो । म पास भएको
उपलक्ष्यमा उसले बधाई दिँदै त्यो झोला मलाई दियो र दाइको कोठातिर लाग्यो । म पनि ढोका ढप्काएँ । अनि बेडमा बसेर
झोलाबाट विक्रमको उपहार झिकेँ । मिठाइको बट्टा रहेछ । बट्टा खोलेर हेरेँ । यस्तै चौधपन्ध्रवटा जति लड्डु बट्टामा
मिलाएर राखिएको थियो । झोलामा एउटा चिठ्ठी पनि रहेछ । मैले झिकेर हेंरे । विक्रमले म पास भएको उपलक्ष्यमा मलाई
रेस्टुरेन्टतिर खुवाउन लैजाने भनी लेखेको रहेछ । साथीको बर्थ डेमा जाने बहानामा घरबाट निस्किएँ । विक्रम पर बाटामा
मलाई कुरिरहेको थियो । उसले मलाई एउटा रेस्टुरेन्टमा पुर्‍यायो । वेटरले हामीसामुन्ने दुई गिलास पानी र मेनु राखेर गयो ।
विक्रमले मेनु मतिर बढायो । मैले चुपचाप मेनु पल्टाएँ । मेनुमा छापिएका सबै खानेकुराको नाम पढ्न भ्याएँ । मेरो दिमाग नै
फनफनी घुमेझैँ भयो । कुन खानेकुरा अर्डर गर्ने मैले निर्क्यौल नै गर्न सकिरहेकी थिइनँ । म मेनुमै हेरेर टोलाईरहेकीथिएँ ।
वेटर अर्डर लिन छेउमै आएर उभिइसकेको थियो । सायद विक्रमले म मेनुमै अलमलिएको कुरा चाल पाएर होला उसले मेनु हेर्दै
नहेरी खानेकुराको अर्डर टिपायो । म वाल्ल परेर हेरिरहेँ । केहीबेरमै वेटरले अर्डर गरेका खानेकुरा ल्याएर टेवलमा फिँजाएर
गयो । लगत्तै फेरि त्यही वेटरले एक बोतल बियर र एउटा कोल्ड ड्रिक्स ल्याएर हाम्रो सामुन्ने राखेर गयो । विक्रम आफैँले
माथि सम्म फिँज आउने गरी गिलासमा बियर भर्‍यो । “तपाईले बियर पो लिनुभएको ?” मैले प्रश्न गरेँ ।
“हो ! म त बियर नै पिउने गर्छु । फेरि आज त तिम्रो खुसीको दिन । तिम्रो खुसी मेरो खुसी ।” उसले भन्यो ।
म उसको कुरा सुनेर मुस्काएँ मात्रै । उसले मलाई पनि बियर पिऊन जोड गर्दै थियो तर मैले मानिनँ । कुराकानीको क्रमसँगै
खाने पिउने क्रम चल्दै गयो । रेस्टुरेन्टमै लगभग डेढ, दुई घण्टा बितिसकेको थियो । यतिबेला सम्म विक्रमले बियरको तेस्रो
बोतल रित्याएपछि मैले उसलाई घर फर्कन अनुरोध गरेँ । हामी त्यहाँबाट निस्कियौँ । बाहिर पानी परिहाल्छ जस्तो सङ्केत
देखिँदै थियो । बाटामा पानीले रुझाउन सक्ने भएकाले मैले अलि छिटो जाऊँ झने । विक्रमले पनि मोटरसाइकलको रफ्तार
बढायो । मोटरसाइकल नयाँ सडकबाट वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डपतिर मोडिएको मात्र के थियो पानी दर्किहाल्यो
। भिजेर अगाडि बढ्ने कुरै भएन । भृकुटीमण्डपको ढोका नजिक पुग्दा नपुग्दै आधाआधी भिजिसकेका थियौँ । विक्रमले
मोटरसाइकल मोडेर भृकुटीमण्डपभित्रै पुर्‍यायो । भित्र एउटा बन्द पसलको आडमा ओत लाग्न पुग्यौँ हामी । म छेउमै उभिएर
कपालको पानी झड्काल्दै थिएँ । विक्रम आएर ठिक मेरो पछाडि उभ्झियो । विक्रम पकेटबाट रुमाल झिकेर आफ्नो टाउको
पुछ्दै थियो । अचानक झ्याप्प बत्ती गयो । केहीबेरअघिसम्म फाट्टफुट्ट देखिएको उज्यालो पनि हरायो । एकाएक चिसो
स्याँठ हुत्तिएर आयो र एक झोक्का पानी हुत्याएर ल्याएर छ्याप्यो । म आँत्तिँदै अलि पछाडि सरेँ । फछाडि सर्दा विक्रमसँग
टाँस्सिन पुगेछु । म पुनः अगाडि सर्न खोज्दै थिएँ कि विक्रमले पछाडिबाट च्याप्प मेरो दुवै कुममा समात्यो र आफूसँग टाँस्यो
। म सर्न खोजेँ तर विक्रमको पकड बलियो थियो । चाहेर पनि यताउता सर्न सकिनँ । जसरी भिजेको कफडा मेरो शरीरसँग
टाँस्सिएको थियो । त्यसरी नै विक्रमले मलाई आफूसँग टाँसेको थियो । बिस्तारै न्यानोपनको आभास हुन थाल्यो । बर्सा अझै
रोकिएको थिएन । चारैतिर अन्धकार थियो । बेलाबेलामा चिसो हावाको झोक्का हुत्तिएर आउने क्रम जारी नै थियो । चिसाको
कारण शरीर भित्रभित्रै काँपिरहेको थियो । मलाई कुममा समातेको विक्रमको हात झरेर कम्मरमा पुगिसकेको थियो ।
पछाडिबाट कम्मरमा समातेको विक्रमको हात तीव्रगतिमा सरेर मेरो छातीमा पुग्यो । म झसङ्ग झएँ । मैले विक्रमको हात
च्याप्प समाएँ । आफ्नो छातीबाट उसको हात हटाउने प्रयास गरेँ तर मेरो बल पुगेन । मैले उसको हात हटाउन जति बल
लगाइरहेकी थिएँ त्यति नै उसको मुठ्ठी कसिँदै गइरहेको थियो । डरले मुटुको धड्कन तेज भएको थियो । ऊ मेरो छातीसँग

5
खेलिरहेको थियो । केहीबेरमै विक्रमको ओठ मेरो गालासँग जोडियो । निकै नजिकबाट उसको तातो सासको महसुस गरिरहेकी
थिएँ । केही समयपश्चात् अचानक मलाई के झयो कुन्नि ? बिस्तारै विक्रमका लागि म सहज बन्दै गएँ । विक्रमले मेरो
सहजताको फाइदा उठाउँदै गयो । म विक्रमलाई साथ दिँदैगएँ । ऊ तृप्त हुँदै गयो । मलाई मिठो पीडाको अनुभव हुँदै गयो ।
केहीबेरमै विक्रमको पकड खुकुलो भयो । म हतपत अलि पर सरेँ । शरीरको कपडा मिलाएँ । हामी दुवै मौन । दुवैले
एकअर्कालाई हेर्न सकिरहेका थिएनौँ । बर्सा कम भइसकेको थियो । त्यसैले हामी त्यहाँबाट हिँड्यौँ । विक्रमले मलाई परै छोडेर
फर्कियो । त्यसरी भिजेर आएको देखी आमाले निकै गाली गर्नुभएको थियो । हतार हतार कपडा फेरेर ओछ्यानमा पुगेँ ।
थाकेको अनुभव भए पनि निद्रा भने थिएन । ओत लाग्दाको त्यो दृश्यले मनमस्तिष्क कब्जा गरेको थियो । डरले सिङ्गो
ज्यान भित्रभित्रै काँपिरहेको थियो । अब के हुन्छ भन्ने प्रश्न मनमा गडिएको थियो । त्यति नै बेला सानैदेखि सुन्दै आएको
कथनलाई सम्झिएँ । हिन्दू धर्मले भनेअनुसार नारीले जुन पुरुषलाई आफ्नो अस्तित्व सुम्पिन्छे, उसैलाई आफ्नो शिरको
स्वामी मान्नुपर्छ । उसैको सेवामा आफ्नो जीवन सर्मपण गर्नुपर्छ । नत्र त्यो नारीले पापको भागिदार हुनुपर्छ । विभिन्न
प्रसङ्गमा आमाले पनि बेला बेलामा सुनाउने गर्नुहुन्थ्यो । सायद त्यही पापको डरले होला, म विक्रमप्रति अर्कषित हुँदै गएँ ।
यसबीचमा मैले धेरै पटक विवाहको कुरा उठाएँ । उसले पनि विवाहको मिठो सपना देखाउँदै मेरो यौवनमा लिप्त भइरह्यो ।
सायद चढ्दो बैँसका कारण म पनि विक्रमको कामवासनामा आफूलाई सर्मपति गरिरहेँ । त्यसरी नै समयले चोला फेर्दै गयो ।
मायाँमा गाढा रङ्ग थपिँदै गयो । समयले तीन वर्ष बितायो तर विक्रमले विवाहको साइत जुराएन । कसो कसो हाम्रो
सम्बन्धका बारेमा मेरो घरकाले थाहा पाए । दाइ र विक्रमबीचको सम्बन्ध फनि टुट्यो । विक्रमलाई घरमा आउन निषेध
गरियो । विक्रमसँग भेट नभएको पनि दुईतीन दिन भइसकेको थियो । म उसको घरमा पुगेँ । त्यहाँ पुग्दा मलाई झनै ठूलो
झट्का लाग्यो । एकक्षणका लागि मेरो आँखालाई धोका भएको भएको हो कि जस्तो लागेको थियो तर सत्य त सत्य नै थियो ।
मैले त्यहाँ विक्रमलाई भेटेँ तर उसकी श्रीमतीका साथमा । विगत चार वर्षदेखि झूटको पर्दाले छोपिएको यथार्थ मेरो सामुन्ने
थियो । उसकी श्रीमती लामो समयपछि विदेशबाट फर्किएकी रहिछिन् । त्यसदिन मप्रतिको उसको व्यवहार परिवर्तन भएको
थियो । आफू संसारबाट एक्लिएकी आभास भएको थियो । विक्रमले आफ्नी श्रीमतीले आफूलाई छोडेर अर्कैसँग पोइल गई
भनेको थियो । उसले त्यो झूटो शब्द बोल्दा उसको अनुहारमा थोरै पनि सङ्कोच देखिएको थिएन । अलिकति पनि लाज, डर
केही नमानी सजिलै झूट बोलेको थियो । त्यही दिनदेखि विक्रमसँग कुनैपनि सम्बन्ध नराख्ने निर्णय गरेकी थिएँ तर पटक
पटकको पुनः घरजम गरेर सँगै बस्ने विक्रमको वाचाले मलाई मेरो निर्णयमा अडिग हुन दिएन र हाम्रो सम्बन्ध पुनः गाँसियो
। सम्बन्ध गाँसिएको एक महिना बित्दा नबित्दै पुनः विक्रम सम्पर्कविहीन भयो । दुईदिनसम्म पनि ऊ सम्पर्कमा नआएपछि
म साहस गरेर उसको घरमा पुगेँ । घरमा एक नौलो व्यक्तिसँग भेट झयो । विक्रम आफ्नी श्रीमतीको साथमा विदेसिएको
खबर उनै व्यक्तिबाट पाएँ । त्यसदिन आभास भयो कि त्यो मेरो अल्लारे उमेरको गल्ती थियो । जुन कहिल्यै निको नहुने गरी
खाटा परेको थियो । त्यसदिनदेखि म कुनै पनि पुरुषप्रति आर्कषित भइनँ । मलाई पुरुष जातसँग नै घृणा लाग्न थालेको थियो
तर उमेरको बयालिसौँ वसन्त पार गरिसकेपछि मलाई सूरज मन पर्न थालेको छ । म सूरजप्रति आर्कषित हुनथालेकी छु ।
आयातित चाड प्रेम दिवसको समय । आज रोज डे रे । गुलाफको फूल दिएर एकअर्कासँग माया पिरती साटासाट गर्ने दिन रे ।
झ्यालमा बसेर बाहिरी दृश्यलाई नियालिरहेकी छु । युवा युवतीहरू हात हातमा गुलाफको फूल बोकेर रमाउँदै हिँडीरहेका छन्
। यतिमै अचानक अखबारले बेरिएको एउटा पोको झ्याल बाहिरको टपमा आएर खस्छ । म झसङ्ग हुन्छु । यताउता नजर

6
दौडाउँछु । सामुन्नेको घरको कौसीमा सूरज उभिएर मलाई नै हेरिरहेको थियो । म हतपत गएर त्यो टिपेर पुनः कोठाको
झ्यालमै आएँ र पोको खोलेँ । त्यसमा रातो फूल र एउटा सानो पत्र थियो । मैले पत्र खोलेर हेरेँ ।
“के तपाई मेरो साथी बन्न सक्नुहुन्छ ?”
पत्रमा लेखिएको थियो । एकक्षण मलाई सपना हो कि जस्तो लाग्दै थियो । बिस्तारै नजर उठाएर सूरजलाई हेरेँ । ऊ मीठो
मुस्कानका साथ मलाई हेरिरहेको थियो । मैले पनि उसको मुस्कानको बदलामा मुस्कान नै फर्काउँदै गुलाफको फूल आफ्नो
शिरमा सिउरिएर मित्रतताको मौन स्वीकृति दिएँ ।