तिमी गएपछि
मेरो मस्तिष्कको चोकमा
स्मृतिको जुलुस
नाराबाजी गरिरहन्छ्न्

जनक कार्की
ढुङ्गामुढा चलिरहेछ
कोमल मुटुलाई निसाना बनाएर
निषेधाज्ञा तोडेर
गिदीभित्रै प्रवेश गर्दैछन्
ग्लानिका धारिलो खुँडा
अश्रुग्यासको बान्ता
अविरल गरिरहेछ – नयनले
विपक्ष यादका भीडलाई
रातसँग निद्राको झडप
स्वादसँग जिब्रोको लाठीचार्ज
अनसनमा छन् – आराम
आन्दोलित छ्न्
अस्तव्यस्त छ्न् दैनिकी
मेरा
शंकाको नारालाई
असमझदारीको मुद्दालाई
अविश्वासको पत्रलाई
जलाइदिन्छु टायर बालेर ।
प्रेमाक्षर माफीनामा तिमीलाई अर्पण गर्दछु ।
तानसेन, पाल्पा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 









