गायिका एलिना चौहान बारम्बार चर्चामा आइरहिन्छन् । पछिल्लो समय जब उनलाई इन्टरनेट र सामाजिक सञ्जालमा ट्रोल गरियो, उनले त्यसको जवाफ दिएकी थिइन् । जसले ट्रोल गर्छ, उसलाई सामाजिक सञ्जालमा नंग्याउने हिम्मत देखाएकी थिइन् ।
अहिले सामाजिक सञ्जालमा उनले राखेको एउटा तश्वीरका कारण उनको चर्चा भइरहेको छ । उनले राखेको तस्वीरमा एउटा किताब पढिरहेको देखिन्छ । किताबको नाम छ, ‘महारानी कुन्तीको शिक्षा’ । यो तस्वीर राख्दै उनले लेखेकी छन्, ‘कसेको मुख बोल्छ, कसैको व्यवहार बोल्छ, कसैको मौनता बोल्छ अनि कसैको घमण्ड बोल्छ तर अन्तिममा एक दिन सबैको कर्म बोल्छ ।’
स्वामी प्रभुपादका शिक्षाहरुलाई संकलन गरिएको यो यो पुस्तकमा भागवतमा आधारित प्रवचनहरु संकलित गरिएका छन् । खासगरी महिलाले अप्ठेरा कुराको सामना कसरी गर्न सक्छन् भन्ने पक्षलाई कृष्ण र कुन्तीका घटनाहरुलाई व्याख्या गरिएको छ ।
एलिनाले सोही किताबमा आधारित टिप्पणीलाई फेसबुकमा लेखेकी थिइन् । अब एलिनाले जे कुरा लेखे पनि, जस्ता कुरा पोस्ट गरे पनि सामाजिक सञ्जालमा केही मान्छेलाई भने लेख्न चौ चौ भइहाल्छ ।
केहीले लेखेका छन्, ‘यति धेरै ज्ञान, ज्ञानदाता भएर नि कसरी गलत निर्णय गरेर बिहे गर्न पुग्यौ त ? पछुताउनलाई ?’
अर्का एकले लेखेका छन्, ‘बिल्कूल सत्य ! अन्त्यमा हामीले के भन्छौं, के देखाउँछौँ भन्ने कुराले होइन, हामीले गर्ने कामले नै हामीलाई परिभाषित गर्छ । कामले नै सधैं वास्तविक चरित्र प्रकट गर्छ ।’
भीम चन्द ठकुरी लेख्छन्, ‘निर्जीव मूर्तिमाथि एक लाख लिटर दूध चढाऊ या लाख बत्ती बाल, चाहे हजारौं बोकाको बलि चढाऊ तर न्यायका लागि कानून, स्वास्थ्यका लागि अस्पताल र शिक्षाका लागि स्कूल नै चाहिन्छ ।’
सन्तोष पराजुली लेख्छन्, ‘त्यो सम्बन्धलाई त्यहीँ छोडेर अगाडि बढ, जहाँ तेस्रो मान्छेलाई खुशी बनाउन तिमीलाई पीडा दिइरहेको छ ।’
दुरावित विष्ट काजी लेख्छन्, ‘एक म छु, मेरो मुखबाट बोल्नुपर्ने मुखबाट नै खानुपर्छ । मुखैले थुक्नुपर्छ । तनाव छ यार मलाई एक मुखले यति धेरै काम गर्नुपर्दा !’
एक भिलेन नाममा लेख्छन्, ‘म त वैज्ञानिक महावीर पुनको किताब पो पढेको होला भनेको, अर्कै किताब रहेछ !’
उत्तम ढकाल असफल लेख्छन्, ‘एलिनाले किताब पनि पढ्ने गरेकी रहिछन्, खुशी लाग्यो ।’
नवीन नेपाली निर्मल लेख्छन्, ‘तिमीले किताबको फोटो खिचेर मात्र देखाउने हो । तिमीलाई त्यो भित्रको वास्तविक शिक्षा बुझ्न दशकौं लाग्छ ।’
एलिजाले भनिन्, ‘मलाई सकारात्मक रुपमा लिनु हुनेप्रति सम्मान छ, नकारात्मक रुपमा लिनेहरुले मलाई बुझ्न धेरै नै बाँकी छ ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	