प्रेमको पहिलो स्वाद

– हरि अधिकारी

 

हरि अधिकारी

हरि अधिकारी

तिम्रो उत्तप्त निधारमा
मैले मेरो चिसो ओठलाई बिसाएँ
तिमी अलिकति चल्मलायौ
तिम्रो आँखाको ढकनीलाई
मैले बिस्तारै बन्द गरिदिएँ
तिमीले मभित्र बलिरहेको
उन्मादको डढेलोलाई प्रष्टसँग देख्यौ
मैले तिम्रो ओठको खापा उघारेर
चञ्चल चपल जिभ्रोलाई जगाउन खोजेँ
तिमीले मेरै वाणी पो बन्द गरिदियौ
मैले तिम्रो कमनीय कैशोर्यलाई
एकै फड्कोमा त्यो जङ्घार तर्न लगाएँ
तिमीले मलाई पो बनाइदियौ
तिम्रो पहिलो प्रेमी
र पहिलो पुरुष ।

मेरालागि कविता जीवन र जगत्सँग अन्तरङ्ग किसिमले जोडिने एउटा माध्यम हो साथै कविताले मलाई आफूसँग निरन्तर कुराकानी गर्न प्रेरित गरिरहन्छ भन्ने धारणा राख्ने कवि हरि अधिकारी कवितालाई एउटा उपकरणको रूपमा लिएर म प्रेम, दया, करूणा, उदारता र विश्वबन्धुत्वजस्ता सुधी भावना र संवेगहरूको जगेर्ना गर्ने प्रयत्न गरिरहनु हुन्छ ।  कवि अधिकारी २०२७ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट आयोजित कवि गोष्ठीमा स्वर्ग पदक विजेता कवि हुनुहुन्छ ।