साहित्यपोस्ट डट कम

कविता : भीडभन्दा पर

कविता : भीडभन्दा पर

भीड आफैँ अँध्यारो हो दृष्टिविहीन हो स्वयम् ।
भीडमा मान आनन्द खोज्ने नै दीन हो स्वयम् ।।
।।१।।

यश, मान, सुरक्षाको दिन्छ विभ्रम भीडले ।
ब्युँझिँदा बेर भैसक्छ हान्दा थप्पड सत्यले ।।
।।२।।

पुग्छन् मान्छेहरू आफ्नो तौल नाप्न तराजुमा ।
शुद्ध तौल त नापिन्छ साँचो एकान्त ठाउँमा ।।
।।३।।

शान्ति एकान्तमा बस्छिन् एक्लै आनन्द बस्दछ ।
भीडमा पस्छ जो मान्छे  भ्रममा खस्छ अन्ततः ।।
।।४।।

साझा गर्नुहोस्:
नरेन्द्र पराशर

लेखकको बारेमा

नरेन्द्र पराशर

थप रचनाहरू पढ्नुहोस् →

वार्णिक छन्दमा कविता कथ्न रूचाउनु हुने नरेन्द्र पराशर (नरेन्द्रप्रसाद गुरागाईं) २०२७ साल असोज १५ गते मोरङमा जन्मनु भएको हो । उहाँ वनविज्ञानका स्नातक हुनुहुन्छ । उहाँका महाकाव्यहरू गौरीशङ्कर (२०५८), बुद्धबोध (२०६३), प्रज्ञाचक्षु (२०७०) प्रकाशित छन् । उहाँले नाटक प्रेमसुधा (२०५९), कवितासङ्ग्रह शृङ्गारसुधा (२०६०), दर्शनसूत्रशत (मन्त्रकाव्यः २०६१), नीतिविचार (नीतिकाव्य, सहलेखनः २०६९) पनि रच्नु भएको छ । उहाँको जातक उपन्यास मुक्तियुद्धको बीउ (२०६६) समेत प्रकाशित छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.