
साहित्यपोस्टले वरिष्ठ साहित्यकार अमर त्यागीको प्रायोजनमा सञ्चालन गरेकाे बाछिटा प्रतियोगिताको अठा
प्रतियोगितामा सहभागी सबै बाछिटाकारका बाछिटाहरू उत्कृष्ट रहेका, तर तीनजना बाछिटाकारहरूका बाछिटाहरू मात्र चयन गर्नुपर्ने बाध्यताका कारण अन्य बाछिटाकारहरूका बाछिटाहरू चयन गर्न नसकिएको निर्णायकद्वयले बताउनुभएको छ । साथै, उहाँहरूले यो प्रतियोगिता बाछिटा प्रकाशन गर्ने स्थान पनि भएका हुनाले आफू पुरस्कृत नभएसम्म प्रतियोगी र पुरस्कृत भएपछि अप्रतियोगी बाछिटाहरू निरन्तर पोष्ट गरिरहन विशेष आग्रह पनि गर्नुभएको छ ।
प्रतियोगिताको निर्धारित स्थान समाचारको कमेन्ट बक्सबाहेक अन्य स्थान वा फेसबुकका म्यासेन्जर तथा मेलमा आएका बाछिटाहरू प्रतियोगितामा समावेश गरिएको छैन ।
हरेक अङ्कका पुरस्कृत स्रष्टाहरूलाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार पुऱ्याउने प्रयास गर्नेछ । कुनै कारणले साहित्यपोस्टले पुरस्कृत स्रष्टालाई सम्पर्क गर्न नसकेमा पुरस्कृत स्रष्टाहरुले प्राविधिक समस्या हो भन्ने बुझेर नेपालभित्रका बाछिटाकारहरूले ९८४९०७०५७१ मा सम्पर्क गर्नहुन पनि अनुरोध गरिएको छ । त्यसैगरी, विदेशमा रहनुभएका स्रष्टाहरूले ह्वाट्सएप नम्बर ९८५१०९७८८८ मा सम्पर्क गरेर पुरस्कार र थप विवरण सम्बन्धमा जानकारी लिन अनुरोध गरिन्छ ।
निर्णायक र साहित्यपोस्ट परिवार विजयी बाछिटाकारहरूमा विशेष बधाई ज्ञापन गर्दै सहभागी सबै बाछिटाकारहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
पढ्नुहोस् अठारौँ शृङ्खलाका विजयी बाछिटाकारका बाछिटाहरूः






यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
बाछिटा प्रतियोगिताको सत्रौँ शृङ्खला : डा. देवी, सीता र अबजस सर्वोत्कृष्ट
१५ असार २०८३, सोमबार 








