काठमाडौँ  । सिड्नीमा बसोबास गर्दै आउनुभएकाे लेखक कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सार्वजनिक गरिएको छ।

करिब एक दशकदेखि अष्ट्रेलियामा रहेर पोस्टल सर्भिसमा कार्यरत श्रमिक–विद्यार्थी शर्मा लामो समयको पत्रकारितापछि आख्यान लेखनतर्फ उन्मुख हुनुभएकाे हाे ।

उपन्यास ‘कम्पनी’ दक्षिण कोरियाको सोल सहरमा अध्ययन र श्रमजीवी जीवनको दोहोरो यात्रामा हिँड्दै गरेको एक युवाको कथामा केन्द्रित छ। परम्परागत जीवनपथबाट भिन्न, मनको चाहनालाई पछ्याउँदै अघि बढ्ने एक  युवकको ‘कमिङ अफ द एज’ अनुभवलाई कृतिले समेटेको प्रकाशकले जनाएको छ।

उपन्यास बुक हिल पब्लिकेशनले बजारमा ल्याएको हो। प्रकाशक भूपेन्द्र खड्काका अनुसार ‘कम्पनी’ काठमाडौं, पोखरा, बुटवल, चितवनलगायत देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ। साथै Thuprai.com र Kitabyatra.com मार्फत देश–विदेशबाटै पुस्तक सजिलै खरिद गर्न सकिने उहाँले जानकारी दिनुभयाे ।