अमेरिका । श्री रामगीतावाङ्मय मन्दिर नेपाल–अमेरिकाले आफ्नो वार्षिक पुरस्कारका लागि कृति दर्ता आह्वान गरेको छ। संस्थाले सन् २०२३ (वि.सं. २०८०) मा स्थापना गरेकाे चार विभिन्न पुरस्कारमध्ये दुई विधामा — साहित्य लेखन र नाट्यकर्म — का लागि यो आह्वान गरिएको हो।

साहित्य लेखनतर्फको ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ का लागि सन् २०२३ र २०२४ (वि.सं. २०८० र २०८१) मा प्रकाशित साहित्यिक कृतिहरू दर्ता गर्न आह्वान गरिएको छ। सोही अवधिमा प्रकाशित नाट्यकृतिहरूका लागि भने ‘अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार’ को दर्ता खुला गरिएको छ।

संस्थाका अनुसार नाट्यकर्मसँग सम्बन्धित पुरस्कार नाट्य क्षेत्रमा सक्रिय र योगदान पुर्‍याउने स्रष्टा लाई मात्र प्रदान गरिनेछ। दुवै पुरस्कारको राशि नेपाली रुपैयाँ ५० हजार र सम्मानपत्र रहेको छ।

इच्छुक स्रष्टा वा प्रकाशकले आगामी मङ्सिर मसान्त २०८२ भित्र आफ्नो कृति ४–४ प्रति सहित दर्ता गर्न सक्नुहनेछ । नेपालमा कृति दर्ताका लागि पेज टर्नर प्रा.लि., बागबजारमा सम्पर्क गर्न सकिनेछ।

जानकारीका लागि सम्पर्क व्यक्ति—जयराम तिमल्सिना: ९८५१२३६६२३ निरज दाहाल: ९८६१८५६८१६ महेश पौड्याल: ९८५१२४५१००

भवानी खतिवडा: ९८४९२३९८७३

संस्थाले नेपालका साथै अमेरिकामा रहेका स्रष्टा र प्रकाशकहरूलाई पनि आफ्नो कृति पठाउन आग्रह गरेको छ।