अटलान्टा,अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्जिया च्याप्टरले विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रमका साथ लक्ष्मीजयन्ती भव्य रूपमा मनाएको छ।
जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइरालाको सभापतित्वमा र संस्थापक अध्यक्ष चेतोनाथ घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण र पानस प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।
कार्यक्रमको प्रारम्भमा साना बालबालिकाले नेपाल र अमेरिकाको राष्ट्रिय गान गाउनुभएकाे थियाे । त्यसपछि उपाध्यक्ष नमिता घिमिरेले विभिन्न संघसंस्थाबाट आएकाे अतिथि र प्रतिनिधिहरूलाई स्वागत गर्नुभएकाे थियाे ।
कार्यक्रमका क्रममा सचिव डा. तीर्थ तिम्सिनाले देवकोटाको स्मरण गर्दै उहाँको कविता वाचन गर्नुभएकाे थियाे । विशेष अतिथि कवि तथा लघुकथाकार सुशीला देउजाले आफ्नो लघुकथा प्रस्तुत गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयाे, भने अर्की विशेष अतिथि कवि तथा गीतकार सपना लामिछानेले कविता प्रस्तुत गर्नुभएकाे थियाे ।
सांस्कृतिक प्रस्तुतिमा बालबालिका कृति तिमिल्सिना, कृषा डंगोल, र काव्या सिग्देलले नृत्य प्रस्तुत गरी कार्यक्रमलाई झनै आकर्षक बनाउनुभएकाे थियाे। साथै डा. माधव सिग्देलले संस्कृत श्लोक वाचन गर्नुभयाे भने सी.के. पराजुली, मधुसुदन सिग्देल, मीरा कोइराला, प्रेम बानियाँ, सीता अधिकारी, विष्णु पगेनी, डा. राम सिग्देल, डा. तीर्थ तिम्सिना र बालक अंशल तिमिल्सिनाले कविता वाचन गर्नुभएकाे थियाे ।
गीत प्रस्तुतिमा मुना आचार्य, अनिता भण्डारी तिमिल्सिना र विष्णु पगेनीले देवकोटाको चर्चित कविता “कुन मन्दिरमा जान्छौ यात्री” गाउनुभएकाे थियाे ।
प्रमुख अतिथि चेतोनाथ घिमिरेले महाकवि देवकोटाको जीवनी र नेपाली साहित्यमा उहाँले पुर्याउनुभएको योगदानबारे प्रकाश पार्नुभएकाे थियाे ।
त्यसपछि कोषाध्यक्ष अभिनाश फुयाँलले देवकोटाका कृतिहरूमा आधारित रोचक हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्नुभएकाे थियाे, जसमा तिलोत्तमा फुयाँल, चेतोनाथ घिमिरे र सुलभ सिग्देल क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित हुनुभएकाे थियाे । विजेताहरूलाई क्रमशः ५०, ३० र २० अमेरिकी डलर पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष मीरा कोइरालाले अनेसास जर्जियाका नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै उपस्थित सबै अतिथिलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । सम्पूर्ण कार्यक्रमको सञ्चालन महासचिव विष्णु पगेनी सिग्देलले गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ कार्तिक २०८२, मंगलवार 




