मोरङ। मिक्लाजुङका स्रष्टा इन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘टुहुरो आकाश’ उपन्यास सार्वजनिक भएको छ।
मिक्लाजुङ साहित्य समाजको आयोजनामा सोमबार मधुमल्लामा आयोजित विशेष समारोहमा उक्त कृतिको लोकार्पण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गोविन्द्रप्रसाद भट्टराईले लोकार्पण गर्दै साहित्य समाजलाई स्थानीय स्रष्टाहरूको सिर्जनालाई प्रोत्साहन गर्ने थलोको रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयाे।

कार्यक्रममा शैक्षिक तथा सामाजिक व्यक्तित्व लेखनाथ घिमिरे, सुन्दरहरैंचा कला–साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, प्रलेस नेपाल कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’, लेटाङ साहित्य–कला सङ्गमका अध्यक्ष गणेश दवाडी, चेतना प्रकाशन संस्थाका उपाध्यक्ष हेम भण्डारी, तथा स्रष्टा हेमन यात्री, कृष्ण उदासी, वीरेन्द्र बान्तवा, शिशिर भट्टराई, दिलीप राई सगर, झाँक्री खोले, यज्ञ परिश्रमी, रुद्र प्रभात, जेबी खत्री, राजकुमार खड्का, नवराज पोखरेल ‘नवशिला’, घनश्याम पथिक, चिरञ्जीवी काफ्ले, भूपेन्द्र तिम्सिना, लक्ष्मीप्रसाद फुयाल, गगन योकपाङ्देनलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक र सामाजिक क्षेत्रका व्यक्तिहरूको पनि उत्साहजनक सहभागिता देखिएको थियो।

लोकार्पण कार्यक्रममा रीता पोखरेल र भीम दाहाल द्वयले उपन्यास ‘टुहुरो आकाश’ माथि समालोचनात्मक समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रमको सञ्चालन सायरा बानु राईले स्वागत मन्तव्यसहित गर्नुभएकाे थियाे भने अध्यक्षता मिक्लाजुङ साहित्य समाजका उपाध्यक्ष रुद्र भण्डारी ‘धुलो’ले गर्नुभएकाे थियाे ।