मोरङ, सुन्दरहरैँचा । विराट साहित्य समाज सुन्दरहरैँचाको सातौँ वार्षिक साधारणसभाले विदुर सुवेदीलाई नयाँ अध्यक्षमा चयन गरेको छ।
१३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा एमणि अधिकारी, सचिवमा माधवप्रसाद दाहाल, सहसचिवमा वासुदेव बराल र कोषाध्यक्षमा रमेश खड्का चयन हुनुभएकाे छ ।
यस्तै सदस्यहरूमा नरप्रसाद भण्डारी, वासुदेव अधिकारी, पुरुषोत्तम भट्टराई, जमुना कोइराला, उमादेवी गुरागाई, गोपालप्रसाद पौडेल, टंकप्रसाद लामिछाने र विनोद चापागाई रहनुभएकाे छ ।
साधारणसभामा प्रमुख अतिथि जगन्नाथ पौडेल रहनुभएकाे छ । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष मेदिनीप्रसाद बराल, पूर्व अध्यक्ष मोहनप्रसाद काफ्ले, निवर्तमान अध्यक्ष उमानाथ भट्टराई, साथै स्रष्टाहरू अमृतप्रसाद आचार्य र प्रेमप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१२ कार्तिक २०८२, बुधबार 




