
साहित्यपोस्टले वरिष्ठ साहित्यकार अमर त्यागीको प्रायोजनमा सञ्चालन गरेकाे बाछिटा प्रतियोगिताको पचासौँ (अन्तिम) शृङ्खलामा बाछिटाकारहरू दाहाल कल्पना, सुशीला ढकाल अधिकारी र जयनारायण नेपालका बाछिटा सर्वोत्कृष्ट घोषित भएका छन् ।
बाछिटाहरूको बाह्य र आन्तरिक संरचना, प्रकृतिबिम्बको प्रतीकात्मक प्रस्तुति तथा विषय र भावको गहनताका आधारमा बाछिटा प्रवर्तक अमर त्यागी र सहप्रवर्तक खगेन्द्र बस्यालले सर्वोत्कृष्ट घोषणा गर्नुभएको हो । प्रतियोगितामा सहभागी सबै बाछिटाकारका बाछिटाहरू उत्कृष्ट रहेका, तर तीनजना बाछिटाकारहरूका बाछिटाहरू मात्र चयन गर्नुपर्ने बाध्यताका कारण अन्य बाछिटाकारहरूका बाछिटाहरू चयन गर्न नसकिएको निर्णायकद्वयले बताउनुभएको छ ।
प्रतियोगिताको निर्धारित स्थान समाचारको कमेन्ट बक्सबाहेक अन्य स्थान वा फेसबुकका म्यासेन्जर तथा मेलमा आएका बाछिटाहरू प्रतियोगितामा समावेश गरिएको छैन ।
५० सातासम्म हरेक साता तीन जना उत्कृष्ट बाछिटाका स्रष्टालाई नगद १-१ हजार रूपैयाँ पुरस्कारसहित विभिन्न पुस्तकहरू स-सम्मानस्वरूप प्रदान गरिंदै आएइको छ । ५० साताका पुरस्कृत बाछिटाहरूको संयुक्त सङ्ग्रह “सर्वोत्कृष्ट बाछिटा” नामको कृति प्रकाशन चाँडै गरिने छ । त्यसबाट पनि मूल्याङ्कन कमिटीको मूल्याङ्कनबाट छानिएका सर्वोत्कृष्ट तीन बाछिटाकारहरूलाई जनही १०-१० हजारका दरले “सर्वोत्कृष्ट बाछिटा स्रष्टा पुरस्कार” सहित सार्वजनिक रूपमा सम्मान गरिनेछ ।
हरेक अङ्कका पुरस्कृत स्रष्टाहरूलाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार पुऱ्याउने प्रयास गरेको । कुनै कारणले साहित्यपोस्टले पुरस्कृत स्रष्टालाई सम्पर्क गर्न नसकेमा पुरस्कृत स्रष्टाहरुले प्राविधिक समस्या हो भन्ने बुझेर नेपालभित्रका बाछिटाकारहरूले ९८४९०७०५७१ मा सम्पर्क गर्नहुन पनि अनुरोध गरिएको छ । त्यसैगरी, विदेशमा रहनुभएका स्रष्टाहरूले ह्वाट्सएप नम्बर ९८५१०९७८८८ मा सम्पर्क गरेर पुरस्कार र थप विवरण सम्बन्धमा जानकारी लिन अनुरोध गरिन्छ ।
निर्णायक र साहित्यपोस्ट परिवार विजयी बाछिटाकारहरूमा विशेष बधाई ज्ञापन गर्दै सहभागी सबै बाछिटाकारहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
पढ्नुहोस् पचासौँ शृङ्खलाका विजयी बाछिटाकारका बाछिटाहरूः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

बाछिटा प्रतियोगिताको पैँतीसौँ शृङ्खला : सुभद्रा, सरू र केदारका बाछिटा सर्वोत्कृष्ट

बाछिटा प्रतियोगिताको बीसौँ शृङ्खला : हरिशरण, चन्द्रावती र सौगात सर्वोत्कृष्ट
