माधव पाेखरेल, उदयपुर ।  उदयपुरकाे गाईघाटमा त्रियुगा संगीत विद्यालयले  एक विशेष संगीतिक कार्यक्रमकाे आयाेजना गरी विश्व संगीत दिवस मनाएकाे छ ।

त्रियुगा संगीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडाकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठले सङ्गीत समाजकाे मनाेरञ्जनकाे साधन मात्र नभएर जीवन यापनकाे साधन समेत र अहिले व्यवसायिक रुपमा पनि संगीतलाई लिइएकाेले यसको महत्त्व बढ्दै गएकाे बताए ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य माेहन खत्रीले मानव जीवनमा संगीत सबैले मन पराउने र गाउँ घरमा भजनकीर्तन तथा राेधी लगायतका कार्यक्रम पनि संगीतकै पाटाे भएकाेले यसले समाज विकासमा तथा साँस्कृतिक विकासमा मद्दत पुग्ने बताउनु भयाे ।

साे कार्यक्रममा साहित्कार तथा पत्रकार माधव पाेखरेल, जागेश्वर साह, मधुकर थापा, तुलसा पाेखरेल, भरत खड्का , देवराज काेइराला, हिरामान माेतेलगायतका वक्ताहरुले शुभकामना  मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा त्रियुगा संगीत विद्यालयका भाइबहिनीहरुले आधा दर्जन बढी गीत गाएर  मनाेरञ्जन प्रदान गरेका  थिए ।

तीन वर्षअघिदेखि सञ्चालनमा आएकाे त्रियुगा संगीत विद्यालयले अहिले दैनिक ९६ जनालाई दुई सिफ्टमा निःशुल्क रुपमा संगीत प्रशिक्षण दिइरहेकाे छ भने कतिपय गृहिणीहरु पनि फुर्सदकाे समयमा संगीत सिकिरहेकन छन । गाउँ घरका भजनकीर्तन समूहमा आबद्ध भएका टाेलीहरु पनि यहाँ आएर मादल, ढाेलक, तवला, हार्मानियम, गीतार तथा अन्य बाजाका साथै गीत गाउनसमेत दक्ष हुँदै गएका छन ।