साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बसन्तको दाह्री साहित्य

Chovar Blues Mobile Size

मेरो नाम बसन्त अधिकारी । उमेर चाहीँ ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर ।

आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा । म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका हुन् तर २० वर्षको उमेरदेखि मैले यस भित्रको कला देख्न थालेको हुँ ।

यद्यपि यसलाई सजाउँने र तस्बिर खिच्ने आइडिया चाहीँ सामाजिक अभियानमा क्रममा कोरियामा अध्ययन गर्न पुगेको बेला आएको हो । १० वर्षअघिदेखि सुरु भएको यो कलाका सबैजसो तस्बिर अहिले मसँग सुरक्षित छन् । मैले मेरो दाह्री जुँगालाई एक दशकका अवधिमा १ सय ५० रुप दिएको छु । मेरा दाह्री जुँगाका हरेक शैलि मेरालागि साहित्यकारका नयाँ पुस्तक वा गायकका नयाँ गीत जस्ता लाग्छन् ।

यो अरु कला जस्तै गाह्रो कला हो । यसका लागि म पुस्तकमा वर्णन भएका पात्रहरु, सिनेमामा देखिएका कलाकारहरुका अनुहारमा आफ्ना कल्पनाहरु प्रयोग गर्छु । इन्टरनेटका विभिन्न साइटहरुमा पाइने मानिसका दाह्री जुँगा पनि मेरो कलाका स्रोत हुन् । आजभोली कसै कसैले मलाई यी कलाको आइडिया दिनुहुन्छ । तर पुस्तकभित्रका पात्र, सिनेमाका कलाकार र इन्टरनेटमा भेटिएका तस्विरलाई मेरो दाह्री जुँगा अनुसार डिजाइन म आफैँ गर्ने भएकाले मलाई अपार आनन्द लाग्छ ।

म साहित्यको पाठक हुँ तर साहित्य रच्न सक्दिन । तर यो दाह्री कलामा कतै त कतै साहित्यको योगदान छ भन्न मलाई गाह्रो लाग्दैन ।

sagarmani mobile size

(अधिकारी विकल्प एन अल्टरनेटिभ नामक संस्थाका कार्यकारी निर्देशक हुन् । उक्त सस्थाले अर्थ राजनीति, सामाजिक एकरुपमातामा नीतिगत वहस, व्यक्तिगत था आर्थिक स्वतन्त्रताको मुद्दामा काम गर्छ ।)

प्रतिक्रिया
Loading...