केटा : खुवालुङ झैं बस्यौ तिमी आँखाभरी मुटुभरी
केटि : याङ्वा जस्तै बगिरहन्छौ मेरो दिलको वरिपरि
केटा : छोएर तिमीलाई बगिरहूँ हजार जुनी
केटि : न्यानो तिम्रो हृदयमा बसिरहूँ म पनि
केटि : शिलिचुङ झैँ अटल चुलिरह्यौ हृदयमा
केटा : मगमगाउने सुनपाती झैँ फुलिरह्यौ हृदयमा
केटी : तिमीसँगै ओइलाऔं लाग्छ तिमीसँगै फुलौं लाग्छ ।
केटा : तिम्रो हात समाएर सँगै दुनियाँ डुँलौं लाग्छ
केटा : नखोलेरै ओठहरू बोलिरहन्छु तिमीसँग
केटि : नचालेनी सँगै पाइला हिडिरहन्छु तिमीसँग
केटा : तिमी भन्दा नजिक अब कसैलाई देख्नु छैन
केटी : तिमीलाई भेटे अब कसैलाई भेट्नु छैन



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ मंसिर २०८२, मंगलवार 










